बुधबार ०८ बैशाख २०७८

उक्त भिडियो समाचारको अन्तिममा (तल) छ । यो समाचार पनि पढ्नुहोस्:-दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी काठमाडौंको सुन्दरी जलमा आइपुगे पनि घरघरमा वितरण भने सहज नभएको पाइएको छ ।

आगामी चैत दोस्रो सातादेखि मेलम्चीको पानी काठमाडौंका धारामा छाड्ने बताइए पनि अहिले पनि आवश्यक संरचना भने तयार भइनसकेको पाइएको छ । काठमाडौंका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरणका लागि पाइपलाइन बिछ्याइए पनि त्यसको परीक्षण भएको छैन ।

पानी वितरणका लागि नभइनहुने अत्याधुनिक कम्प्युटराइज प्रणाली सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन प्रणालीको काम सुरुसमेत नभएको पाइएको छ । मेलम्ची खानेपानी आयोजनाले चैतको दोस्रो सातादेखि परीक्षणका रूपमा पानी छाड्ने तयारी भइरहेको जनाएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पहिलो चरणका लागि कुल १ हजार १ सय ३२ किलोमिटर पाइपलाइनमा बिछ्याउनुपर्नेमा करिब १५ किमी पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ । काठमाडौं तथा ललितपुरका कतिपय ठाउँमा अहिले पनि पाइप बिछ्याउने काम भइरहेको छ ।

६-७ वर्षदेखि पाइप बिछ्याएको तर पानी अभावले पुरेर राखिएका पाइपको अवस्थासमेत बुझ्न नसकिएको बताइएको छ । पानी हालेपछि मात्र त्यस्तो पाइपको अवस्था थाहा पाउन सकिने जनाइएको छ । आयोजनाले भने अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले वितरण गरिरहेको पुरानै पाइलाइनबाट वितरण गर्ने र बिस्तारै नयाँ परीक्षण गर्दै जाने तयारी गरेको जनाइएको छ ।

मेलम्चीको पानी परीक्षणका लागि गत १० फागुनमा सुरुङमा खसालिएकोमा २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको हो । पानी फोहोर भएकाले बाग्मतीमा हालिएको छ । सुन्दरीजलमा रहेका दुई वटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ ।

गत असारमै सुरुङमा पानी परीक्षण सुरु गरिएको थियो । त्यसक्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट नम्बर १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएपछि परीक्षण कार्य नै रोकिएको थियो । फुटेको गेट नम्बर १७ लगायत अन्य संरचनाको पुनः जाँच गरी अहिले पानी सुरुङबाट पठाइएको हो ।

हाल परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेन्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने खानेपानी मन्त्रालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईले २०५१ सालको मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेका थिए । मेलम्ची आयोजनाको सुरु भने २०५८-५९ मा भएको थियो । आयोजना सुरु गर्दा २०६४÷६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

त्यसयता बनेका हरेक प्रधानमन्त्री र मन्त्रीले मेलम्चीको पानी यसै वर्ष काठमाडौं आउने दाबी गर्दै आएका थिए ।म छु दिदी पिर न गर्नुस् पर्दैन न रूनलाई भन्दै सचिन परियार बिमलाको आँसु पुछ्दै…(हेर्नुस् भिडियो):

६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया