अन्तरास्ट्रिय

अभागी अमेरिकी राष्ट्रपति पदका विजेता बाइडन जसको चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरीको ज्यान गएको थियो !

काठमाडौं / अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। रिपव्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन निर्वाचित भएका हन्। सिएनएनले पेन्सिलभेनिया राज्यमा उनले जितेको प्रोजेक्सन गर्दै बाइडेनले निर्वाचन जितेको जनाएको छ। सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो।

कुनै समय रंगभेद उन्मुलनविरुद्ध अदालतले दिएको आदेशविरुद्ध ल डे’का बाइडेन आज अफ्रो–अमेरिकी र रंगभेद विरोधीहरुकै नेता बनेका छन्, विभाजित अमेरिकालाई एकढिक्का गर्ने उनको वाचा छ । कुनै समय उनी अस्थिर मानिन्थें, अहिले परिपक्व र धैर्यवान् मानिन्छन् ।

राष्ट्रपति बन्नका लागि उनले यसअघि नै दुुईपटक असफल प्रयास गरेका थिए – १९८८ को राष्ट्रपतिय निर्वाचनका लागि दाबी पेश गर्दा धेरैले उनलाई अन्य डेमोक्रेटको दाँजोमा फरक उम्मेदवार ठानेका थिए, उनको युवा जोश र भाषण कलाले धेरेलाई लोभ्याएको पनि थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तर, निर्वाचन अभियानताका बेलायती लेबर पार्टीका नेता निल किन्नकको भाषण बङ्ग्याएर आफ्नो जसरी पेश गरेको आरोप लागेपछि गल्ती स्वीकार्दै उनले उम्मेदवारी फिर्ता लिए । उनीविरुद्ध तीनवटा डिग्री लिएको भन्दै गलत प्रचार गरेको, कलेजको थेसिस चोरेकोलगायत आरोप पनि लागेका थिए ।

बाइडेनलाई दोस्रो पटक राष्ट्रपतिको दाबी पेश गर्न थप दुुई दशक लाग्यो । २००८ मा डेमोक्रेटिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा उम्मेदवार रहेका बाइडेनले अन्तत ३ जनवरी २००८ मा उम्मेदवारी फिर्ता लिएर ओबामालाई समर्थन गरे ।

यसपछि ओबामा राष्ट्रपति र बाइडेन उपराष्ट्रपतिको उम्मेदवार बने । यस चुनावमा गोराहरुलाई ओबामातर्फ आकर्षित गराउन बाइडेनकोे भूमिका ठूलो थियो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको बुुझाईमा ‘अमेरिकाले पाएका उपराष्ट्रपतिमध्ये बाइडेन अहिलेसम्मकै उत्कृष्ट हुन् ।’ यस्तो टिप्पणी अस्वभाविक पनि होइन, किनकि ह्वाइट हाउसमा युवा ओवामालाई अनुुभवी बाइडेनले नै उपराष्ट्रपतिका रुपमा दरिलो साथ दिएका थिए ।

पटक–पटक सिनेटर भइसकेका बाइडेनसँग सिनेटको न्यायिक समिति र विदेश विभाग कमिटीको अध्यक्षता गरेको अनुुभव थियो भने ओबामासँग युवा जोश । एफोर्डेवल केयर एक्ट, आर्थिक मन्दीको समय ल्याइएको इन्सेन्टिभ प्याकेज र सुधार योजना, पेरिस जलवायु सम्झौता, ईरानसँगको आणविक सम्झौता लगायतमा बाइडेनको भूमिका पक्कै कम थिएन । ओबामासँगको घनिष्ट सम्बन्धका कारण पनि अफ्रो–अमेरिकी मतदातामाझ बाइडेन लोकप्रिय बने । उनी ओबामालाई आफ्ना ‘भाई’ भन्थें ।

ओबामा कार्यकालमै सिरिया द्वन्द्वमा अमेरिका फस्यो, दशौं लाख बिस्थापित भएको र लाखौंले ज्यान गुमाएको यस द्वन्द्वको घाउ अझै आलै छ । लिबियालगायत अन्य भूू–भागमा पनि अमेरिकी सैनिकले हस्तक्षेप गरे । त्यसैले, ओबामा कार्यकालको उपलब्धिका जस लिने बाइडेनलाई यस समय भएका गल्तीको अपजस पनि जान्छ ।

उनको स्पष्ट बोल्ने शैलीको अर्को पक्ष पनि छ।रोबट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन्। बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन्। खासगरी कामदार तथा मजदुर वर्गलाई बाइडनले आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन्। भाषणपछि श्रोतासँग उनी हात मिलाउँछन् र फोटो खिचाउँछन् – कुनै रकस्टारले जस्तै।

“उनी मानिसहरूसँग अङ्कमाल गर्छन्, बोल्छन्, छुन्छन् र त्यो सबै वास्तविक हुन्छ। कृत्रिम हुँदैन,” पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जन केरीले द न्यूयोर्कर पत्रिकालाई बताए।तर उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न उठेका छन्।

बाइडन अन्य राजनीतिज्ञभन्दा सर्वसाधारण जनतानिकट देखिनुमा एउटा कारण भनेको अरूले जस्तै उनले बेहोरेका पारिवारिक शोक हुनसक्छ।सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए। सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडनको निधन भयो। आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ।

Related Articles

Back to top button
Close