WHO ले भन्यो – यी टिप्सहरु प्रयोग गर्नुहोस, तपाईलाई कोरोना कहिल्यै लाग्दैन !
एजेन्सी । कोरोना भा’इरसको म’हामा’रीमा हर क्षेत्रमा परिवर्तन आएको छ । कामकाज, सरसफाइदेखि लिएर खानपिनसम्म विभिन्न परिवर्तन भएको छ । मानिसको प्राथमिकतामा स्वास्थ्य र खासगरी खानपिन अनि स्वच्छताको मुद्या एक्कासि धेरै माथि आएको छ । विश्व स्वास्थ्य संगठनले सुरक्षित खानपिनको लागि पाँच टिप्स बताएको छ । जसको बारेमा यहाँ चर्चा गरिनेछ।
सधैं सफा रहौँ
–खाना बनाउनुभन्दा पहिला र खाना बनाउने बेलामा हात धुने
–बाथरुम गइसकेपछि राम्रोसँग हातको सरसफाइ गर्ने
–किचेन, भाँडाकुँडा राम्रोसँग धुने
–किचेन किरा, अनि जनावरदेखि टाढा सुरक्षित राख्ने**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
खाना राम्रोसँग पकाउने
–विशेषगरी मटन, पोर्क, बफ, पोल्टी उत्पादन र सीफूडलाई राम्रोसँग पकाउनु पर्दछ ।
–सूपको लागि कम्तिमा पनि तापमान ७० डिग्री सेल्सियससम्म हुनुपर्दछ ।
–पकाएको खानालाई राम्रोसँग पुन तताउने
-यदि खाना राम्रोसँग पाकेको छ भने यसमा भएको सबै सूक्ष्मजीवहरु नष्ट हुन्छन् । अध्ययन गर्दा ७० डिग्री सेल्सियससम्म पकाउँदा सूक्ष्मजीवहरु नष्ट हुने बताइएको छ ।
सुरक्षित तापक्रममा खाना राख्ने
–पकाएको खाना कोठाको सामान्य तापक्रममा दुई घण्टाभन्दा धेरै समयको लागि नराखौँ ।
–चाँडै खराब हुने खानालाई पाँच डिग्री सेल्सियसभन्दा कम तापक्रममा फ्रिजमा राख्ने
–खाना पस्किनुभन्दा पहिला खानालाई ६० डिग्री सेल्सियसभन्दा धेरै तापक्रममा तताउने
–फ्रिजमा खाना लामो समयको लागि नराख्ने
–फ्रोजन फुडलाई सामान्य तापक्रमा पगाल्नको लागि नछोड्ने
सफा पानी र स्वच्छ भोजन सामाग्री
–स्वच्छ पानीको प्रयोग गर्ने, यदि उपलब्ध नभएको खण्डमा पानीलाई शुद्ध गरेर प्रयोग गर्ने
–ताजा र पौष्टिक खाद्य सामाग्रीको प्रयोग गर्ने
–जस्तो पायो त्यस्तो भोजनको प्रयोग नगर्ने
–फल र सागसब्जी राम्रोसँग धुने
–खानपिनमा प्रयोग हुने सामाग्रीको मिति सकिएको छ भने प्रयोग नगर्ने