आइतबार १९ मंसिर २०७८

एजेन्सी : अमेजनका कार्यकारी अधिकृत तथा अर्बपति जेफ बेजोसले असामान्य भविष्यवाणी गरेका छन्। उनले भविष्यमा अन्तरिक्षमा मानिसहरुको जन्म हुने र ती मानिसहरु पृथ्वीमा आफ्नो बिदा मनाउन जाने उल्लेख गरेका छन्। उनी अन्त रिक्ष कम्पनी ब्लू ओरिजनका मालिक हुन्। हालै उनी आफ्नो कम्पनीले बनाएको विमानमार्फत् अन्तरिक्षमा पुगेर फर्किएका थिए।

आफ्नो कम्पनीको विमानका कारण अन्तरिक्ष पर्यटन फस्टाउने विश्वास रहेको छ । त्यतिमात्र होइन् भविष्यमा अन्तरिक्षमा सहर बस्ने र त्यहाँ मानिसको जन्म हुने बेजोसको तर्क रहेको छ । बिजनेस इन्साइडरका अनुसार बेजोसले अन्तरिक्षमा बस्ने बस्ती तैरिएर रहेका घरहरुजस्तै हुने जनाएका छन्। उनका अनुसार यसरी बनाइएका घरमा १० लाख मानिस बस्न सक्ने र त्यहाँ नदी, जंगल र अन्य वन्यजन्तु पनि हुनेछन्।

बजोसले अर्को ग्रहमा बस्ती बसाउनुभन्दा अन्तरिक्षमा बस्ती बनाउनु राम्रो हुने दाबी गरेका छन्। जेफ बेजोस एक अमेरिकी प्रविधि उद्यमी,लगानीकर्ता र समाजसेवी हुन्। उनी अमेजनको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । ब्लूमबर्ग बइल्लियनाइर सूचकांक अनुसार उनको सम्पती १५० अर्ब अमेरिकी डलरसम्म पुग्यो जुन आधुनिक इतिहासमा सबैलाई उच्चतम हो जसले माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई दोस्रो स्थानमा छाड्यो।

बेजोसको जन्म सन १९६४साल १२ जनवरीमा न्यू मेक्सिकोको एल्बुकर्कमा भएको थियो।जन्म हुँदा उनको वास्तविक नाम जेफ्री प्रेस्टन जोर्गेन्सेन थियो। उनकी आमाले बुबालाई सम्बन्ध वि’च्छेद गरेपछि, उनले अप्रिल १९६८ सालमा क्युबाली आप्रवासी मिगेल “माइक” बेजोससँग विवाह गरे। चार वर्षको उमेरमा, मिगुएल बेजोसले उनलाई धर्मपुत्र बनाए र उनको थर बेजोस मा बद्लियो।

त्यसपछि उनको परिवार ह्युस्टन, टेक्सासमा सरे । जेफ बेजोसले ह्युस्टनको रिभर ओक्स एलिमेन्टरी स्कूलमा चौथो देखि छैठौं कक्षामा पढेका थिए । उनको परिवार अन्ततः फ्लोरिडा सरे र जेफलाई मियामीको पाल्मेट्टो सीनियर उच्च विद्यालयमा सारियो जहाँ उनले आफ्नो अध्ययनमा उत्कृष्ट प्रदर्शन गरे। उनले प्रिन्स्टन विश्वविद्यालयबाट कम्प्युटर विज्ञान र इलेक्ट्रिकल इञ्जिनियरि गरी दुई विधामा स्नातक डिग्री हासिल गरे।

४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया