समाचार

कोरोना भाइरसको उपचारमा संलग्न डाक्टर र नर्सले मास्क खोल्दा जे देखियो !

काठमाडौं। चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्र’मणले अहिले पूरै विश्व त्रसि’त छ । चीनले यो भाइरससँग जुध्न आफ्नो पूरै सामर्थ्य लगाएको छ। चीनमा यसको संक्रमणमा परेका बिरामीहरुलाई उपचार गर्न खटिएका डाक्टरहरुको स्थिति युद्धमा खटिएका सिपाहीको जस्तै छ ।यो भाइरस स्वास प्रस्वासबाट फेलिने भएकोले यसको उपचारमा संलग्न डाक्टरहरुले अनिवार्य मास्क लगाउनुपर्ने हुन्छ ।

यसको उपचारमा संलग्न एक डाक्टरले समेत संक्रमणका कारण ज्यान गुमाइसकेको अवस्थामा डाक्टरहरु निकै सचेत छन् । उनीहरुले सकेसम्म उच्च गुणस्तरको मास्क लगाइरहेका छन् । यसैबीच चीनको सरकारी मिडिया पिपुल्स डेलीले ट्वीटरमा शेयर गरेका केही फोटोहरु निकै भाइरल भइरहेका छन् ।यी फोटोहरु कोरोनाभाइरसको उपचारमा संलग्न डाक्टर तथा नर्सहरुको हो जुन तस्वीर उनीहरुले लगातार उपचारको काम गरेपछि केही समय पाएको ब्रेकमा मास्क खोल्दा खिचिएका हुन् ।

उनीहरुले उपचारको क्रममा कति लामो समयसम्म मास्क लगाउनुपर्छ भन्ने यी तस्वीरले देखाउँछन् । मास्कका कारण उनहिरुको अनुहारमा घाउ नै भएको फोटोमा देखिन्छ। वुहानमा उपचार गरिरहेका डाक्टर र नर्सहरूले ब्रेकको समयमा मास्क खोल्दा उनीहरूको अनुहारमा मास्कको छाप बसेको देखिन्छ ।

Related Articles

Back to top button
Close