समाचार

सुगाले बचायो मालिकलाईआगो लाग्दै गरेको घरबाट

अस्ट्रेलियाका एकजना पुरुषले राति अचानक आफ्नो घरमा आगलागी भएको बेला पाल्तु सुगाले निद्राबाट बिउँझाइ दिएकाले आफ्नो ज्यान जोगिएको बताएका छन्। बुधबार एन्तोन गएन मस्त निदाएका बेला क्विन्सल्यान्डको ब्रिस्वेनस्थित उनको दुई तले घरमा आगो लागेको थियो। यसबारे उनले एबीसी टेलिभिजनलाई भनेका छन्– ‘मैले केही बजारिएको आवाज जस्तो सुनें। मेरो पाल्तु सुगा एरिक चिच्याउन थालेपछि मेरो निद्रा खुल्यो।

वरपर धुवाँ फैलिएको थियो। मैले एसिकलाई बोकें। ढोका खोलेर घरको पछिल्लो भागमा हेरें। त्यहाँबाट आगोको लप्का निस्किएको थियो। त्यसपछि म तल सुरक्षित स्थानतर्फ भागें। स्थानीय समयानुसार बिहान करिब १ बजे अग्नि नियन्त्रण टोली आइपुग्दासम्म घर पूर्णरूपमा जलिसकेको थियो।’

चारजना अग्नि नियन्त्रकलाई कंगारु प्वाइन्टमा रहेको सो घरको आगो पूर्णरूपमा नियन्त्रणमा लिन एक घण्टाभन्दा बढी समय लागेको थियो। घरमा एक्लै बस्दै आएका तथा सुगा र एउटा झोला बोकेर त्यहाँबाट भागेका गुएनलाई कुनै चोटपटक नलागेको बताइएको छ।

यो पनि :खोलामा सेल्फी लिन जदा भयो यस्तो हालत (हेर्नुहोस् भिडियो )विश्वभर हर समय नयाँ र अनौठा घटनाहरु हुने गर्छन । यस्तै एक भिडियो अहिले बाहिर आएको छ । दुईजना युवती खोलाको बीचमा रहेको ढुङ्गामा सेल्फी खिच्ने गएर फसेको भिडियो भाइरल भएको छ । उनीहरु सेल्फी खिच्दै गर्दा अचानक बाढी आयो । यो घटना भारतको मध्यप्रदेशको पेन्च खोलामा हालै भएको हो ।

बाढी बढ्दै गएपछि युवतीहरु निस्कन सकेनन् । उनीहरु ढुङ्गामाथि एक अर्कालाई समातेर बसे । सुरक्षाकर्मीले डोरी र उद्धार सामाग्री ल्याएर कठिनसँग दुवैलाई निकाल्न सफल भएको भिडियो खुब भाइरल हुँदैछ । अहिले वर्षायामको समयमा उनीहरु सेल्फीका लागि खोला तिर किन गएका हुन् भन्ने कुरा झन रोचक लाग्ने खालको छ

Related Articles

Back to top button
Close