भिडियो

बिहे भएकाे डेढ महिनामै श्रीमानको मृत्यु, घरबाट यसो भनेर निस्केका रहेछन् विजय (हेर्नुहोस भिडियो)

दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए ।

दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो । प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए । मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताए ।

विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु हालसम्म पनि सम्पर्कमा नआएको आमा टेकमाया शर्माले जानकारी दिनुभयो । दाजुु विजय एसपीएम कलेजमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत छन भने भाई संगम सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत रहेको परिवारले जनाएको छ ।

यिनै छोराहरुको लागि हामी गाउँ छोडेर यहाँ आएको भन्दै आमाले धरधरी रुँदै भनिन्, छोराहरुलाई दुख के हो थाहा थिएन । हराए पनि हामीले तुरुन्तै प्रहरीलाई खबर गर्न सकेनौ कारण फेरी ठुला भएका छोराहरुले यति छिटै किन रिपोर्ट गरेको हो भनेर भन्लान भन्ने पिरले ढिलो खबर गरेको आमाले रुँदै बताएकी छन् ।

बिवाह गरेको २ महिनामै श्रीमानको मृत्युको खबरले श्रीमती पनि एकदमै पिडामा छन् । श्रीमतीले हामी बीच कुनै झैँ झ-गडा नभएको बताएकी छन् । बाँकि तल भिडियोमा हेर्नुहोस

Related Articles

Back to top button
Close