समाचार

कोरोना संक्रमित भएका हास्यकलाकार मनोज गजुरेल आईसियूमा भर्ना

काठमाडौं – कोरोना संक्रमित भएका हास्यकलाकार मनोज गजुरेल अवस्था गम्भीर रहेको छ । स्वास्थ्य अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना भएका गजुरेलको थप उपचारको लागि बिहिबार आईसियूमा सारिएको जनाइएको छ ।

उनलाई कात्तिक १० गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनले आफुलाई कोरोना संक्रमण भएको बारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए ।

टाउको दुख्ने, ज्वरो आउँने र ढाड दुख्ने समस्या देखिएपछि कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनले बताएका थिए ।

तीनदिन अघि पनि गजुरेलले फेसबुकमा आफुको स्वास्थ्यमा अझै पुर्ण सुधार भैनसकेको बताएका थिए।

Related Articles

Back to top button
Close