समाचार

ग्याँसको सिलिन्डरमा यसरी हुन्छ ठगी, एकै सिलिण्डरमा साडे तीन केजीसम्म कम!

उपभोक्ताले प्रयोग गर्ने .ग्याँस सिलिण्डरमा समेत ब्यापक ठगी हुने गरेको पाइएको छ । एक सिलिण्डरमा साडे तीन केजीसम्म कम तौल राखेर बेच्ने गरेको पाइएको हो । सिलिण्डरमा कम ग्याँस भरेर घर घर डुलाउँदै हिड्नेले यसरी ठग्ने गरेका हुन् ।

यो समाचार बिराटनगरको हो । त्यहाँ उपभोक्ताले खरिद गरेर लगेको कोशी ग्यासको शिलप्याक गरिएको सिलिण्डरमा करिब साढे तीन केजी कम तौल भेटिएको थियो ।

विराटनगर महानगरपालिका – २ तीनपैनीचौकका उपभोक्ता रतनकुमार बर्माले खरिद गरेको कोशी ग्याँसको सिलिन्डरमा तीन केजी ३ सय ग्राम कम तौल ग्याँस भएको फेला परेको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बर्माले बिहीबार खरीद गरेका दुईवटा सिलिण्डरहरु मध्ये एउटामा कम तौल फेला परेको थियो । प्रत्येक सिलिण्डरमा ग्याँस उद्योगहरुले १४ किलो २ सय ग्राम ग्याँस भरेर पठाउने गरेकोमा बर्माले खरीद गरेका सिलिण्डरको तौल घटाएपछि ३ किलो ३ सय ग्राम कम तौल भेटिएको हो ।

‘दुई वटा शील प्याक गरिएको कोशी ग्याँसको सिलिण्डर खरिद गरेको थिए,’ उनले भने, ‘एउटा ग्याँसको सिलिन्डरमा तीन केजी ३ सय ग्राम कम तौल छ । अर्कोमा २९ किलो ६ सय ग्राम ग्याँस छ ।’ तस्वीर सामाजिक सञ्जाल

Related Articles

Back to top button
Close