भिडियो

आकाशले लगाइदिए पुजालाई हार, पुजा भन्छिन् ‘आज हाम्रो विहे पार्टी’ (भिडियो हेर्नुस्)

काठमाडौ । अभिनेता आकाश श्रेष्ठको जन्मदिनमा अनौठो दृष्य देखिएको छ । उनी २८ वर्षका भएका छन् । कात्तिक १९ गते आकास र पुजाले भब्य रुपमा मिलेर जन्मदिन मनाए । उनका फ्यानहरुले आकास र पुजा प्रेममा रहेको आँकलन गरेका छन् । त्यसैले उनीहरुको जन्मदिन पार्टी पनि त्यस्तै देखियो ।

पार्टीकै बीच दुई जनाले औंठी साटे । एक अर्कालाई औठी लगाइदिए । आकासले पुजालाई गहना समेत लगाइदिएको देखिन्थ्यो । पुजा र आकासका फ्यानले आयोजना गरेको जन्मदिन पार्टी निकै भब्य थियो । कोरोनाको कहरकाबीच भब्य रुपमा मनाइएको पार्टीमा आकास र पुजालाई वास्तविक वेहुला वेहुली जस्तै बनाइएको थियो । फ्यानहरुले पनि त्यस्तै उपहार दिएका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यो जोडीलाई वास्तविक जोडीका रुपमा देख्न चाहने फ्यानलाई के भन्नुहुन्छ भन्ने प्रश्नमा आकासले भनेका छन्, आज त साँच्चै विवाह नै जस्तो लागेको छ । त्यसैमा पुजाले थपिन्, अघि विवाह भयो अहिले त्यही विवाहको पार्टी भएको जस्तो अनुभव भइरहेको छ ।

आकासको जन्मदिन पारेर आकास र पुजाले औंठी साटेका छन् । नायक आकाश श्रेष्ठले जन्मदिनमा पूजा आकाश फ्यान ग्रुपबाट बेवारिसे बेसाहारा शव व्यवस्थापानको लागि एक्सन फर सोशल चेन्ज नामक संस्थालाई २० हजार सहयोग गरेका छन् । संस्थाका संयोजक विनय जंग बस्नेतलाई सम्झदै सहयोग रकम संस्थाका प्रतिनिधि तथा नेपाली काँग्रेसकी युवा नेतृ पवित्रा लामालाई हस्तान्तरण गरेका हुन् ।

चलचित्र ‘म त तिम्रै हुँ’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका आकाश अहिले चलचित्र क्षेत्रमा निकै अगाडी रहेका छन् । चलचित्र ‘म त तिम्रै हुँ’बाट खासै चर्चामा नआएपनि पछिल्ला चलचित्रहरुबाट भने चर्चामा आए । ‘तिमीसँग’, ‘ब्ल्याक’, ‘रामकहानी’ लगायतका चलचित्रहरुमा अभिनय गरेका आकाश पछिल्लो समय म्युजिक भिडियोमा पनि देखिन थालेका छन् ।चलचित्र ‘रामकहानी’ मा अभिनेत्री पूजा शर्मा र आकाशको जोडी निकै रुचाएको थियो ।

Related Articles

Back to top button
Close