रोचक

यी हुन कपालबाट चाया हटाउने १० घरेलु तरिका

जाडो याममा दिनदिनै नुहाउन गाह्रो हुन्छ । त्यसमाथि शरीरलाई न्यानो राख्न बाक्लो लुगाका साथै टोपी लगाउनुपर्ने हुन्छ । यसले गर्दा कपाल चिलाउने, रुखो हुने जस्ता समस्या देखिन्छ । साथसाथै कपालमा चाया पर्छ ।

चाया खासगरी टाउकोको छालामा रहेका मृ’त्त कोशिकाहरुका कारण हुन्छ । अतः यसबाट छुटकारा पाउनका लागि केही घरेलु विधी छन् ।

तेल मालिस**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कपालको सबै समस्या, खासगरी चायाको सबैभन्दा प्रभावकारी उपचार हो तेल मालिस । तेल मालिसबाट कपाललाई पोषण मिल्छ । टाउकोको मांशपेशीहरु उ’त्तेजित हुन्छन् र रक्तसञ्चार पनि तिब्र हुन्छ । र, कपाल स्वस्थ, सुन्दर, बाक्लो, लामो बन्छ । त्यसैले हप्तामा एकपटक तेल लगाएर कपालको मालिश गर्नु अति आवश्यक छ ।

बाफ

मालिसपछि कपालबाट फोहोरमैला सफा गर्नका लागि बाफ दिनुपर्छ । यसका लागि तातो पानीले तौलिया भिजाएर कपालमा राम्रोसँग लपेट्ने । बाफबाट कपालको जरामा फसेको मैला तथा मृ’त कोशिकाहरु निस्कन्छन् र तेल पनि राम्ररी टाउकोको छालाभित्र पस्छ । जसले कपालको जरा बलियो बन्छ र चायाको समस्या पनि हट्छ ।

कागतीको रस

यो सिजनमा कागती पाइन्छ । कागतिको रसमा भिटामिन सी, ए, बी, फस्फोरस र एन्टिअक्सीडेन्ट पाइन्छ, जसले कपाल चमकदार र बाक्लो बन्छ ।

कपालमा चाया छ भने तातो तेलमा कागतिको रस हालेर मालिस गर्दा चाया हट्छ । साथै कपाल झर्न पनि रोकिन्छ । नुहाउनुभन्दा अगाडि कागतिको रसले टाउको मालिस गरेर कपाल धुनाले पनि फाइदा पुग्छ ।

दही र मरिच

दहीको सेवनले टाउकोको छालाको रुखोपन हटाउँछ । यसले चायाको समस्या पनि हट्छ । दहीमा मरिचको चूर्ण मिलाएर कपाल धुनुपर्छ । यो क्रिया हप्तामा दुई पटक गरौं । यसले चाया हट्ने त छँदैछ, केस नरम, कालो र बाक्लो पनि हुन्छ ।

अमला

स्वस्थ्य तथा सुन्दर कपालका लाग क्यारोटिन आवश्यक तत्व हो जुन अमलामा पाइन्छ । कपाललाई पोषण दिन अमलाको तेल लगाउन सकिन्छ । वा तुलसी र अमलाको पाउडरको लेप बनाएर यस लेपद्वारा टाउकोमा मालिस गर्न सकिन्छ ।

र, लगभग आधा घन्टाका लागि यो लेप लगाइरहनुपर्छ । यसपछि सेम्पुले कपाललाई राम्रोसँग धुनुपर्छ । चायाको समस्या समाधानका लागि यो एकदमै प्रभावकारी उपाय हो ।

मेथीबाट उपचार

मेथीमा निकोटिनिक एसिड वा प्रोटीन पाइन्छ जसले कपालको जरालाई पोषण दिन्छ । यो लेपलाई आफ्नो कपाल र शिरमा कमसेकम ३० मिनेटका लागि लगाउनुपर्छ । ३० मिनेटपछि कपाललाई कुनै राम्रो सेम्पुले धुनुस । यसबाट चाया हट्नेछ, कपाल मजबुत हुनेछ र टुट्नबाट बच्नेछ ।

तिलको तेल

तिलको तेल लगाउँदा कपाल मकबुत, घना, लामो हुन्छ र साथै चाया पनि हट्छ । यसका लागि कपालमा तिलको तेलले मालिस गरौं । मालिसपछि कपाललाई तातो तौलियाले बफ्याउनु पर्छ । पाँच मिनेटपछि टाउको धुनुपर्छ ।

सम्बन्धित खबर पढ्नुहोस

यी हुन कपालबाट चाया हटाउने १० घरेलु तरिका

कपालमा चाया पर्नु हिजोआज हामी सबैको समस्या नै बनिसकेको छ । जति नै सुकै सफा सुग्घर र आकर्षक बनेर हिडेपनि यदि कपालमा टलक्क चाया टल्कियो भने त्यसले पक्कै पनि हाम्रो इमेज खराव पार्दछ । कयौ पटक थुप्रै औषधि र स्याम्पुहरुको प्रयोग गर्दा पनि ननिख्रेको चाया सामान्य कुराहरुले निख्रने गर्दछ जसको लागि हामीलाई त्यस सम्वन्धि ज्ञान आवश्यक छ । तसर्थ जानिराखौ चाया हटाउने यी १० उपायहरु

१. एक चम्चा माटोमा . गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया जान्छ ।

२.अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया जान्छ ।

३. रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ ।

४.करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।

५.एलोभेराको रस निकालेर कपालमा दल्नुस र आधाघन्टा जति राखेर पखाल्नुस चाया हटेर जान्छ ।

६.दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया निख्रन्छ ।

७. सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस । एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ ।

८.ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने गर्नुस तपाईको कपालबाट चाया हराएर जान्छ ।

९.नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ ।

१०. एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ ।

Related Articles

Back to top button
Close