आइतबार ०६ आषाढ २०७८

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकोप्टर लिएर ससुराली गएका छन्। उनी श्रीमती जाङ्ग्मु शेर्पाका साथ हेलिकोप्टर चार्टर गरेर आज संखुवासभास्थित मकालु गाउँपालिकाको सेदुवा गएका हुन्। उनीहरुसँग त्यहाँका सांसद राजेन्द्र गौतमलगायतका एमालेका केही नेता तथा कार्यकर्ता पनि छन्। मुख्यमन्त्री राई करिब दुई महिना मात्र आफूभन्दा आधा उमेर कान्छी युवतीसँग विवाहबन्धनमा बाँधिएका थिए ।

राई दम्पत्ति हेलिकोप्टर अगाडि मख्ख परेर उभिएको फोटो सार्वजनिक भएपछि यो विषय बाहिरिएको हो। राईकी श्रीमती शेर्पाले फेसबुकमा फोटो शेयर गर्दै हेलिकप्टर चढेर माइती हिँडेको जानकारी गराएकी छन् ।

१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया