बिहिबार ११ कार्तिक २०७८

लैंगिक समानतामा जोड दिँदै आएका बलिउड नायक अमिताभ बच्चनले केही समयअघि मृत्यु पश्चात आफ्नो सम्पति छोरा अभिषेक र छोरी श्वेतालाई समान रुपले बाँड्ने घोषणा गरेका थिए। ३८ वर्षदेखि बलिउडमा सक्रिय अमिताभ बच्चनको कुल सम्पति कति छ ? यद्यपी, बिग बीको कुल सम्पतिको कुनै सत्य जानकारी भने छैन, किनकि उनको सम्पतिलाई लिएर रिपोर्टहरुमा भिन्नता देखिने गरेको छ ।

कुल सम्पति कति ? – एक भारतीय अखबारका अनुसार, बिग बीको कुल सम्पति लगभग ३,६०० करोड भारु छ, उनको बार्षिक आम्दानी करिब १०० करोड रुपैयाँ बताइन्छ । अमिताभको सुरुवाती कमाई एउटा फिल्म बराबर १००० रुपयाँ थियो, तर चाँडै नै उनको पारिश्रमिक लाख र त्यसपछि करोडमा पुग्यो ।

अहिले अमिताभ एक फिल्म गरेबापत ७ देखि ८ करोड भारु पारिश्रमिक लिने गर्छन् । टेलिभिजनबाट पनि उनको राम्रै कमाई हुन्छ । साथै विज्ञापन पनि उनको लागि आम्दानीको राम्रो स्रोत हो।

कति वटा घर ? – अमिताभका दुई महंगा घर ‘प्रतीक्षा’ र ‘जलसा’ छन् । प्रतिक्षा घरमा उनी आफ्नो बुबा–आमासँग बस्थे । बुबा–आमा बितेपछि अमिताभ जलसा घरमा बस्न थाले । प्रतिक्षा घरको मुल्य करिब १६० करोड भारु अनुमान लगाइन्छ, भने जलसा घरको मुल्य योभन्दा बढी छ ।

यसबाहेक जुहुमा उनले एक अर्को घर किनेका छन्। अनि जलसा घरको पछाडि एक प्लट किनेका छन्, जसको मुल्य ५० करोड बताइएको छ । भनिन्छ उनले करिब ३०० करोड भारु घर–जग्गामा लगानी गरेका छन् ।

कार कति ? – अमिताभ बच्चनसंग ११ वटा कार छन् । यसमा मर्सिडिज, बीएमडब्ल्यू, पोर्श, लेक्सस, फेन्टमजस्ता लक्जरी कार छन् । यी यस्ता कार हुन जसको एउटा टायरको मुल्य मात्रै करिब २.५ लाख रुपैयाँ पर्न आउँछ ।

शेयर बजार – अमिताभले शेयर बजारमा पनि राम्रै पकड राखेका छन् । शेयर बजारबाटै उनले करोडौँ कमाउँछन् । उनले जस्ट डायलको शेयर ६.२७ लाख रुपैयाँमा ६२, ७९४ कित्ता किनेका थिए, जसलाई पछिल्लो बर्ष प्रतिकित्ता ७.२२ लाखमा बचेका थिए । यसबाट उनले लगभग ११,४०० गुणा बढी मुनाफा कमाए। यो त एक उदाहरण मात्र हो। उनले अन्त कति क्षेत्रमा सेयर हालेका छन् यसको विवरण एकिन छैन।

अमिताभकी छोरी श्वेताको विवाह उद्योगपति नन्दा परिवारमा भएको हो र उनी दुई सन्तानकी आमा हुन् । त्यस्तै अभिषेकले पूर्व मिस वर्ल्ड तथा अभिनेत्री ऐश्वर्या रायसँग विवाह गरेका छन् र उनी एक छोरीका पिता हुन् । अभिताभसंग सार्वजनिक भएका सम्पति बाहेक थप सम्पति कति छन् सो अनुमान गर्न सकिन्न। तर आफ्नो सम्पति यी दुई छोरा छोरीलाई बराबर बाड्ने उनले घोषणा गरिसकेका छन्।

२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया