समाचार

नायक आकाश श्रेष्ठले आफ्नो जन्मदिनमा सियोना नानीको लागि गरे एक लाख १७ हजार सहयोग

नायक आकाश श्रेष्ठको हिजो जन्मदिन थियो । पूआ फ्यान क्लवले आकाशको जन्मदिन मनाएका छन् । आकाशको जन्मदिनमा उक्त क्लवले क्या’न्सर पि’डित सियोनालाई एक लाख १७ हजार सहयोग समेत गरेका छन् ।

सो अवसरमा १३ महिनाकी बालिका सियोना श्रेष्ठको उपचारका लागि ‘पुजा आकाश फ्यान क्लब’का सदस्यहरुले १ लाख १७ हजार रुपैयाँ नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठको हातमा हस्तान्तरण गरेका थिए । सियोनाको उपचारका लागि २५ करोड रुपैयाँ आवश्यक पर्छ । यस्तै, उनीहरुले बेबारिसे लास व्यवस्थापनका लागि भन्दै ४५ हजार रुपैयाँ पनि सहयोग गरेका छन् । पुजा र आकाशले पवित्रा लामालाई यो रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा फ्यानहरुले पुजा र आकाशलाई १ तोलाको सुनको औठी पनि लगाइदिएका थिए । आकाशको जन्मदिन सेलिव्रेशनका लागि इटहरी, सर्लाही, विराटनगर, सिराहा, ओखलढुंगा लगायतका ठाउँमा उनका फ्यानहरु काठमाण्डौ आएका थिए । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

नेपालमा कलाकारहरुको जन्मदिन फ्यानले यती भव्य रुपमा सेलिव्रेशन गरेको खासै पाइदैन । पुजा र आकाशले फ्यानले दिएको मायाले आफूहरु निकै नै भावुक बनेको प्रतिक्रिया दिए ।

सियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो । जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ । जस्का कारण यतिबेला मृ त्यु जित्न संघर्ष गरिरहेकी सियोनाको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन् ।

यस बिरामीको उपचार २ वर्ष भित्र गरिसक्नु पर्ने र १ वर्ष भएपछी शुरू गरिसक्नुपर्ने हुन्छ । यस रोगको उपचार नेपालमा सम्भव नभएको हुदा अमेरिका लगि उपचार गर्नुपर्नेछ । लगभग २५ करोड नेपाली लाग्ने भएकाले परिवार स्तब्ध अनि गहिरो चिन्तामा छन् । तर परिवारले आफ्नी छोरी बचाउन हिम्मत हारेन ।

सबैको मनमा मानवता मा छ त्यही मानबताको नाताले सबैले सकेको सहयोग गरि दिनु होला साथै पोस्ट शेयर गरेर सहयोगी मन सम्म पुराईदिनु होला। धेरै थोरै जति सकिन्छ गर्नु होला आफ्नो गाउँ समाज सबैतिर बाट सहयोग जुटाउनु होला रकम धेरै छ तर सबै मिलेर सहयोग गरे केही पनि होइन थोरै हो बरु सबैले एक दिनको खर्च कटाएर सहयोग गर्नु होला यो नानिलाई माया र दया गरिदिनु होला। एउटा नेपाली भएर नेपालिलाई सहयोग गर्नु पर्छ सबै मिलेर नानी सियोना लाई बचाउनु पर्छ यो नै ठुलो धर्म हो। हामी सबैको यो प्रयास देखेर भगवानलाई पनि दुख होस कि किन यो नानिलाई अन्याय गरे भनेर सहयोग को अपेक्षा।

Related Articles

Back to top button
Close