समाचार

लगातार बढेको सुनको मुल्या आज घाटयो, हेर्नुहोस यस्तो छ आजको मुल्य

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार तोलामा ९ सय रुपैयाँले बढेको सुनको मुल्य आज तोलामा १ सय रुपैयाले घटेको हो ।

बुधबार प्रतितोला ९६ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Related Articles

Back to top button
Close