मंगलबार ०२ कार्तिक २०७८

पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दु’र्घटनामा परी नेपाली सेनाका एक जवानको मृ’त्यु भएको छ।

सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

उनको सोमबार साँझ मृ’त्यु भएको हो। दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याएकामा उपचारका क्रममा नि’धन भएको हो।

उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए। मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ।

२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया