आइतबार १९ मंसिर २०७८

काठमाडौं । किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै जम्मा भएको हुन्छ । त्यही भएर किड्नी सफा राख्न आवश्यक छ ।

–भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ । –एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने । – काटेको धनियाँलाई राम्रोसँग धुने । –एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने ।

–पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्ने । –१० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडा छान्ने र सेलाउन दिने । –यसरी सेलाएको पानी एक ग्लास पिउने । –दिनहुँ यसो गर्नाले किड्नी सधँै सफा र स्वस्थ रहन्छ ।

किड्नीमा जम्मा भएका विकार र फोहोर पिसाबबाट गएको यस्तो पेय खाएपछि महसुस गर्न सकिन्छ । –किड्नीसम्बन्धी समस्या नभएकाहरूका लागि मात्रै यो विधि लाभदायक हुन्छ । समस्या देखा परिसकेको छ भने डाक्टरको परामर्श लिनुपर्छ ।

८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया