बिहिबार ०९ बैशाख २०७८

नेपाली रक गीत गाएर दर्शकसाझ चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा । हाल उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् ।

उडि जाने हावा बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन । सोलुखुम्बु जिल्लाकी सरस्वती लामा ह’ट कलाकारको लिस्टमा पर्ने गर्छिन् । उनलाई महोत्सबको समययमा स्टेजको कार्यक्रममा भ्याईनभ्याइ हुन्छ । उनलाई कार्यक्रमहरुमा दर्शक श्रोताहरु तान्ने माध्यमको रुपमा प्रयोग गरिन्छ ।

महगो पारिश्रमीक लिने गायिकाको रुपमा उनको नाम पनि आउने गर्दछ । उनले भ’ल्गर गायिका रुपमा कतिपय दर्शकहरुले चिन्ने गरेका पनि छन । उनले गीत लेख्ने देखि लिएर सङ्गीत दिने भिडियो निर्देशन तथा मोडलिङ पनि आफै गर्छिन्।

उनले गाएका कतिपय गीत चर्चामा पनि रहेको छ । गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन समेत आफै गर्ने उनी गीत गाएर भन्दा पनि अ’ङ्ग प्रदर्शनले चर्चामा आइरहेकी छन् ।

उनको सक्रियता गीतमा मात्र छैन मोडलिङमा पनि छ । तर यता धेरै काम गर्दा पनि उनलाई चिन्नेहरु गायिका वा मोडल मात्र भन्दा पनि भल्गर गायिका भन्छन् ।

एक युट्युब च्यानलसँगको कुराकानीमा उनले दर्शकले आफ्नो प्रस्तुतिले मनोरंजन लिन्छन् अनी छिछि भन्दै गा’ली गर्ने गरेको गु’नासो गरेकी छिन्। धेरै मानिसहरु छन् जो आउँछन् सेल्फी खिच्छन् । प्रस्तुतीमा रमाउँछन् । तर पछि तिनैले सरस्वती उ’च्छृङ्खल छे भन्छन् उनले भनेकी छिन्।

१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया