बुधबार ०३ कार्तिक २०७८

नायक नायिकाहरुको विबाह चर्चा र गर्भवती चर्चाले मिडियामा खुबै स्थान पाउछ । यता भर्खरै एक गायिकाको इङेजमेन्टको खबरले मिडिया खुबै तात्यो । भर्खरै अर्कि एक गायिकाको विबाह चर्चा बिस्तारै बढ्न थालेको छ ।

गायिका प्रविशा अधिकारीको विबाह चर्चाले मिडियामा स्थान पाउन थालेको हो । उनले यहि दशैको अवसर पारेर अष्टमिका दिन विबाह गर्ने खबर बाहिरिएको छ । लामो समयदेखी संगीत उधोगमा रहेकी प्रविशा पछिल्लो समय भ्वाइस अफ नेपालको फाईनल एपिसोडमा ‘बाचा कसम’ गीत गाएपछि पुनः चर्चाको शिखरमा पुगेकी छन् ।

उनी आफैले हुनेवाला श्रीमानको नाम कतै नभनेपनी श्रोतका अनुसार झापा चारपाने निवासी तर हाल अमेरिकाको भर्जिनियामा बस्दै आएका आईटी इन्जिनियर निर्माण सिटौलासंग उनले विबाह गर्न लागेकी हुन् । प्रबिशा पनि झापा निवासी नै हुन । उनी झापास्थित राजगढमा जन्मिएकी हुन ।

केही सेलिब्रेटीहरु यस्ता कुरा गोप्य नै रहोस् भन्ने चाहन्छन् । तर, उनले विबाहको बारे लुकाउन चाहिनन् । चाडै विबाह बन्धनमा बाधिने भन्दै एक अन्तरबार्तामा ‘माया हैन भने किन हेर्थे म तिमी तिर’ गीत पनि गाएर सुनाइन् । जुन गीत सिटौलाले गुनगुनाईन् रहने गितमा पर्छ रे ।

९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया