बुधबार ०३ कार्तिक २०७८

एजेन्सी । एक विवाहित महिलाले घु; म्नका लागि श्रीमानले एक सय रुपैया कम दिँदा आफ्नो जीवन लीलालाई नै स; माप्त गरेकी छिन् । जयपुरको कानोता थाना इलाकामा संतोष नगर, विजयपुरा रोड निवासी भूमेश जो मजदूरी गर्छन् उनकी पत्नी नीलमले घु; म्नका लागि चौथको बरवाडा जान पतिसँग ख; र्च मागिन् ।

आफ्ना आमा बुवा र बहिनीसँग चौथको बरवाडा घुम्नका लागि पतिले पत्नीलाई तीन सय रुपैयाँ दिए । तर, नीलमले चार सय रुपैयाँ मागेकी थिईन्, जहाँ पतिले रुपैयाँ नभएको भन्दै श्रीमतीलाई सय रुपैयाँ कम दिए ।

यही विषयमा विवाद भएपछि नीलम रिसाएर आफ्नो माइत जान तम्सिइन् । पतिले सम्झाउँदा पनि उनले मानिन् । त्यसपछि पति भूमेशले नीलमका भाईमार्फत उनलाई सम्झाँउन लगाए ।

भाईले सम्झाएपछि नीलमले भाइको कुरा मानिन् र आफ्नो कोठामा आएर सुतिन । त्यही क्रममा विहान तीन बजे जब भूमेश व्युझिए तब नीलमलाई कोठामा भेटेनन्, यताउती खोज्न थाले ।

दोस्रो कोठा पुग्दा ढोका भित्रबाट बन्द थियो । भूमेशले आफ्ना भाई र अन्य छिमेकीलाई बोलाएर कोठाको ढो; का फो; ड्न लगाए । भित्र हेर्दा सबैको हो; श उ; ड्यो ।

नीलमले आफ्ने साड़ीको पा; सो पंखामा झु; ण्ड्याएर आ; त्म ह; त्या गरेकी थिईन् । घ; टनाको सूचना पाउनेवित्तिकै पुलिसले घ; टनास्थल पुगेर श; व पो; स्टमार्टमका लागि अस्पताल पठाएको छ । पुलिसले यो घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

कपालमा यस्ता समस्या देखिए ? हुनसक्छ यस्तो रोगको संकेत

काठमाडौँ । कपालसम्बन्धी समस्याले धेरै मानिस पीडित हुन्छन्। तर यस्ता समस्या लामो समयसम्म रहेमा रोगको संकेत हुनसक्छ।

तीमध्ये केही रोग त लामो समयपछि निकै गम्भीर पनि हुनसक्छन्। समयमै यी रोगको पहिचान गरेर उपचार गरेमा जोखिमलाई घटाउन सकिन्छ । कपालविशेषज्ञ रोहित बत्राले कपालबाट चिनिने रोगका संकेत बताएका छन्।

चायाँः कपालमा छिट्छिटो चायाँ फैलिनु सेबोरेहिक डर्मेटाइटिस नामक रोगको संकेत हो । यो रोग शरीरमा संक्रमणका कारण हुन सक्छ । यसो हुँदा छिट्टै कपाल झर्छ र छालामा रातो धब्बा बन्ने समस्या पनि आउँछ।

रुखोः लामो समयसम्म कपाल रुखो भएमा हाइपरथाइरोइडिजमको संकेत हुन सक्छ । यो रोग लाग्दा थाइरोइड ग्ल्यान्ड बढी सक्रिय हुन्छ । अनि तौल अचानक घट्न पनि थाल्छ ।

झुप्पामा झर्नेः तपाईंको कपाल झुप्पा झुप्पामा झर्ने गरेको छ भने मधुमेह वा अलोपेसिया अरेटा नामक रोगको संकेत हुनसक्छ। अलोपेसिया अरेटा रोग लागेपछि व्यक्तिको कपाल छिट्छिटो झर्छ र तालुखुइले हुने समस्या आइलाग्छ।

छिटो सेतो हुनेः कपाल छिटो सेतो भएमा शरीरमा मेलेनिन नामक हर्मोनको कमीको संकेत हुनसक्छ । यो हर्मोनले हाम्रो छाला र कपालको कपाल बनाउन सहायता गर्छ । यसको कमी हुँदा छाला र कपालको रंग परिवर्तन हुन थाल्छ।

दुईमुखेः कपाल दुईमुखे हुन थाले भने ट्राइकोरेक्सिस नोडोसा नामक जेनेटिक रोगको संकेत हो। यसले कपाललाई दुईमुखे बनाएर झर्न थाल्छ ।

पातलोः शरीरमा प्रोटीनको कमी भएमा कपाल पातलो हुन थालछ । अनि कपाल छिट्छिटो झर्न पनि थाल्छ।

७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया