समाचार

नेपाली मुलका भारतीय गायक उदितनारायण झाका छोरा आदित्यले विवाह गर्दै, को हुन् युवती ?

काठमाडौं । नेपाली मुलका भारतीय गायक उदितनारायण झाका छोरा आदित्य नारायणले विवाह गर्न लागेको जानकारी दिएका छन् । उनले आफू विवाहको तयारीमा लागेको बताएका हुन् ।

नले आफ्नी प्रेमिका श्वेता अग्रवालसँग फोटो सेयर गर्दै अर्को महिना विवाह गर्ने बताएका हुन् । श्वेता र आदित्यको सम्बन्ध ‘सापित’ फिल्मको बखत जोडिएको बताइन्छ । उनीहरू दुवै १० वर्षदेखि सम्बन्धमा थिए ।

उनले भनेका छन, ‘हामी विवाह गर्ने छौं। म भाग्यमानी हुँ, जसले श्वेता पायो। अन्ततः हामी डिसेम्बरमा विवाह गर्दै छौं । हामी दुवै निजी व्यक्ति हौं र विश्वास गर्दछौं कि कसैको निजी जीवन निजी राख्न उत्तम हो ।’

विवाहको तयारीका लागि सामाजिक सञ्जालबाट ब्रेक लिएको पनि उनले जानकारी दिएका छन् । उनले लेखे, ‘हामी अब डिसेम्बरमा भेटौंला । कुनै समय तपाईंले मलाई पुनः कतै भेट्नुहुनेछ ।’

श्वेताले धेरै चलचित्र र टिभी सिरियलमा काम गरिसकेकी छन् । उनले ‘शगुन’, ‘देख मगर प्यार से’ लगायतमा काम गरिसकेकी छन् ।

भारतीय मिडिया रिर्पोट अनुसार आदित्य सापितका लागि सुटिङ गर्दा श्वेतालाई लञ्च प्रस्ताव गरेका थिए । तर स्वेताले उक्त प्रस्ताव अस्वीकार गरेकी थिइन् । आज आएर १० वर्षपछि उनीहरुको विहे हुने भएको छ ।

Related Articles

Back to top button
Close