भिडियो

भगवान जस्तै श्रीमान बिनोदलाई सबैले अर्की बिहे गर मर्छे भन्थे,छोरी सम्झेर रोइन अनिता ! दिदी यसो भन्छिन ( भिडियो )

काठमाडौं, हेर्दा जति राम्रो देखिए पनि आजभोली निकै खोक्रो बन्दैछन्, वैवाहिक सम्बन्ध । निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् ।

तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् । विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’

२०७२ सालको बैशाख २४ गते विनोद र अनिता वैवाहिक सम्बन्धमा बाँधिए । त्यो मागी विवाह थियो । विनोद अहिले २७ वर्षका भ एभने अनिता २४ वर्षकी । उनीहरूको वैवाहिक जीवन राम्रोसंग चलिरहेको थियो । हाँसी खुसी थिए । विहेको २ वर्षपछि छोरी आहानाको आगमनले उनीहरूको खुसी झन् बढ्यो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सायद विनोद र अनिताको सुखद् जीवन दैवलाई रुचेन । अनितालाई एक्कासी टाउको दुख्ने रोगले सताउन थाल्यो । उनीहरूले चेकअप गराए । चिकित्सकको सल्लाह बमोजिम औषधि खान थालिन् अनिता । औषधिले सायद काम गरेन । उनलाई ब्रेन हेमरेज भयो । त्यो घटनाले विनोदले सारा खुशी र सपना ऐना फुटेसरह टुक्राटुक्रामा परिणत भएको महसुस गरे । तर पनि श्रीमतीलाई जसरी पनि बचाउने अभियानमा लागे । श्रीमती बिनाको जीवन अधुरो सोचिसकेका उनले पैंसा, समय, हेरचाह जे–जे आवश्यक पर्छ, सबै जोहो गर्ने अठोट गरे । र लागे राम्रो भन्दा राम्रो उपचारको खोजीमा ।

२०७६ जेठ २९ गते भैरहवा युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्समा अनिताको अपरेसन भयो । अप्रेसन त भयो अस्पतालको ४ महिनाको बसाई पछि पनि अनितालाई पूर्ण निको भने भएन । ४ महिनाको बसाईमा १८ लाख खर्च भयो । अनिताको टाउकोको दिमाग छोप्ने खप्पर (skull)अझै भैरहवा अस्पतालमै छ । उनलाई निको भएपछि त्यो राख्न मिल्छ ।

विनोद भन्छन्, “दुःख पर्दा त हो नि हेर्ने । राम्रो हुदाँ त किन हेर्नु पर्यो र ?” उनको यो भनाइ नेपाली भनाइसंग पनि मेल खान्छ, – ‘श्रीमान्को गरिबीमा श्रीमती चिनिन्छे, श्रीमती बिरामी पर्दा श्रीमान् चिनिन्छ ।’ विनोदलाई सायद यो भन्दा धेरै अब चिन्नु पर्दैन । उनी असल मात्रै होइन, धर्मी श्रीमान् पनि हुन् ।

छोरी आहानाले डाक्टर देख्नसाथ “अंकल मामुलाई छिटो निको गराइदिनुस् न” भन्छिन् । अबोध बालिकाको त्यो अनुरोध सुन्दा जो कोही भाबुक हुन्छन् । आहाना ३ वर्षकी भइन् । उनलाई विनोदको दिदीले हेरचाह गरेकी छन् ।

विनोदको एउटै चाहाना छ, श्रीमतीलाई निको भएको देख्ने । अनिताले निको भएपछि काठमाडौमै बस्ने इच्छा राखेकी छन् । त्यसैले अब काठमाडौमै बस्ने निर्णय गरेका छन् विनोदले पनि

“देवीको रुपमा घरमा भित्रिएकी थिइन् । मेरो बुबाआमाले पनि औधी माया गर्नुहुन्छ । अनिताको व्यवहार पनि निकै मायालु छ” विनोद भन्छन्, “श्रीमान्ले आफ्नी श्रीमतीलाई इज्जत र माया दुवै दिनुपर्छ । श्रीमान्ले माया गरे सबैले माया गर्छन् ।” अनिताको प्रवेशले घर परिवारमा माया, ममता, सुख सबै भित्रिएको बताउने विनादे उनी बिरामी भएपछि परिवार तितरबितर भयो भन्छन् । बुबाआमा गाउँमा, छोरी फुपूहरूसंग । आफू अनिताको स्यारसुसारमा ।

अनिताका बुबाआमा पनि ज्वाइँसंग निकै खुशी छन् । छोरीले भगवानजस्तो जस्तो श्रीमान् पाएको भन्दै छोरीको लागि आफूहरूलाई कुनै चिन्ता छैन भन्छन् । विनोदको मायाले नै छोरीको स्वास्थ्य अवस्था सुधार भइरहेको भन्दै उनीहरू भन्छन्।

Related Articles

Back to top button
Close