बुधबार ०३ कार्तिक २०७८

विश्वको तथ्यांक हेर्ने हो भने संसारभर अहिले ४२ करोडभन्दा माथि मानिस मधुमेहबाट ग्रसित छन्। अहिलेको अवस्था रहिरह्यो भने २५ वर्षमा यो तथ्यांक ६५ करो भन्दा माथि पुग्ने आकलन गरिएको छ।

हामी मधुमेहबाट बच्न सक्छौँ। परिवारमा एक जनालाई भयो भने सम्पूर्ण परिवारका सदस्यहरुलाई शिक्षा दिनुपर्छ। मधुमेह लागिसकेका व्यक्तिको उपचारमा परिवारको ठूलो साथ-सहयोग चाहिन्छ। उपचारको क्रममा साथ र सहयोेगको ठूलो भूमिका रहन्छ। खानपानको व्यवस्थापन र बिरामीको उपचारमा हौसला दिने कुरामा परिवारको महत्वपूर्ण भूमिका हुन्छ। बिरामीलाई डिप्रेसन हुनबाट रोक्न सक्छ परिवारले।

अहिले मधुमेहका बिरामी लगभग २९ प्रतिशतलाई डिपे्रसन देखिएको छ। त्यो संख्या ठूलो हो। डिप्रेसन भयो भने मधुमेहका बिरामीलाई एकदम नकारात्मक असर पर्छ। त्यसैले पनि मधुमेहमा परिवारको ठूलो महत्व रहेको हुन्छ।

मधुमेह भनेको के हो ?

मधुमेह भनेको सामान्य भाषामा भन्नुपर्दा चिनी रोग हो। रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई हामी मधुमेह भन्छौँ। चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ।

मानिसहरु तनावपूर्ण जीवन बाँचिरहेका छन्। खानपिनमा ध्यान कम पुगेको देखिन्छ। आफ्नो घरमा बनाएको खानाभन्दा पनि बजारमा पाइने प्रशोधित खानाप्रति मानिसहरुको रुचि बढेको देखिन्छ। चिल्लो, क्यालोरीयुक्त खाना खाइरहेका हुन्छौँ। समयमा खाँदैनौं। व्यायाम कम भएको छ।

हामी धेरै विलासी भएका छौं। नजिकै जानुपर्‍यो भने पनि हामी गाडी चढिरहेका हुन्छौं। आफ्नो शरीर परीक्षण गर्ने बानी पनि छैन। टेबुल वर्क धेरै भएको छ। मानिस शारीरिक रुपमा अहिले एक्टिभ छैन। त्यसैले रोग संसारभरि नै बढ्दै गइरहेको छ।

संसारमा सबैभन्दा बढी मधुमेह चीन र भारतमा छ। विशेषगरी मधुमेह दक्षिण एसियामा बढी देखिएको छ। यी देशमा जिनमा नै मधुमेह हुने सम्भावना बढी हुन्छ। केही अध्ययन र हाम्रो आकलनअनुसार नेपालको जनसंख्याको ८.३ प्रतिशत जनसंख्यामा मधुमेह रहेको छ। त्यो बढ्ने क्रममा छ।

मधुमेहका प्रकार
प्रकार १ मा इन्सुलिन प्रकार १ मा इन्सुलिनको मात्रा शून्य हुन्छ। बाँच्नको लागि इन्सुलिन नै चाहिन्छ। यो बच्चामा बढी देखिन्छ। प्रकार २ वयस्कमा देखिन्छ। ३० वर्ष उमेर कटेकाहरुलाई देखिन्छ। प्रकार २ वंशज तथा ज्ञड अस्वथ्य हुनाले हुन्छ। आजकाल मोटोपनले गर्दा पनि बच्चामा समेत यो मधुमेह देखिन थालेको छ।

जेसटेसनल मधुमेहः यो मधुमेह गर्भवती महिलामा देखिने गर्दछ। २४ देखि २८ हप्ताको बीचमा सुगरको मात्रा बढेर आउँछ। पछि डेलिभरीपछि हराउँछ तर बेलैमा नियन्त्रण गरिएन भने पछि त्यो प्रकार २ को मधुमेहमा परिवर्तन हुन सक्छ। डेलिभरीपछि मेरो सुगर हरायो भनेर ढुक्क बस्नुहुँदैन। ज्ञड तथा खानपानमा ध्यान दिनुपर्छ। संसारमा प्रत्येक ६ जना महिलामध्ये १ जनालाई यो भएको पाइएको छ।

सेकेन्डरी मधुमेह प्यानक्राइटेज भएर वा सुगर बढाउने औषधि लामो समयसम्म प्रयोग गर्दा जेनेटिक सिन्ड्रोमको कारणले हुने भनेको यो मधुमेह हो।

प्रकार २ सबैभन्दा बढी देखिएको मधुमेह हो। युवा उमेरमा मधुमेह देखिने क्रम बढेको छ। त्यसको कारण नै अव्यवस्थित ज्ञड हो। खेलकुदमा व्यस्त हुनुपर्ने बेलामा मोबाइलमा व्यस्त हुँदा बालबालिकामा पनि यो प्रकारको मधुमेह बढ्दै गएको छ।

पहिलो पटक देखिए पनि यो मधुमेह लामो समयसम्म नियन्त्रण नभएर आँखाको पर्दामा असर, किड्नीमा असर हुने जटिलताहरु आउन सक्छ। मधुमेहको लक्षण सबैमा देखिंदैन । ५० प्रतिशतमा देखिन्छ र ५० प्रतिशतमा देखिंदैन। त्यसैले मान्छेले चेक गर्दैन। मानिसहरुमा वर्षौदेखि मधुमेह हुन्छ तर समयमा थाहा पाउँदैनन्।

जब अरु रोगका लागि चेकजाँच हुन्छ, त्यतिबेला मधुमेह टेस्ट गर्दा आँखाको पर्दालाई असर गरिसेकेको हुन्छ। किड्नीलाई असर गर्न थालिसकेको हुन्छ। जटिलता बढिसकेको हुन्छ। यदि वर्षमा एकचोटी भए पनि सुगरको मात्रा चेक गराउने हो भने ठिक हुने सम्भावना हुन्छ।

कोहीले आफूलाई मधुमेह छ भनेर स्वीकार्र्नै नसक्ने पनि आउँछन्। उनीहरुलाई हामीले परामर्शबाट सम्झाउनुपर्ने अवस्था पनि आइराखेको हुन्छ।

लक्षण

थाकाइ लाग्ने’आलस्य हुने”जाँगर नचल्ने,

पिसाब लाग्ने’मुख सुख्खा हुने’खाना बढी रुचि हुने’खुट्टा पोल्ने’खुट्टा झमझमाउने’आँखा धमिलो हुनेकुनै पनि घाउ निको हुन गाह्रो हुने’पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि।

अहिले मानिसमा चेतनास्तर बढेको छ। कोही फलोअपमा नियमित पनि आउँछन्। कोही आफ्नो परिवारमा छ भने आफूलाई पनि छ की भन्ने शंकामा चेकअपका लागि आउँछन्। औषधि खाँदै छोड्नेहरु पनि देखिएको छ भने कोही सबै थाहा हुँदाहुँदै पनि बेवास्ता गर्छन्। कोही यति व्यस्त भइदिन्छन् कि स्वास्थ्यलाई दिने समय पनि हुँदैन।

लक्षणलाई पर्खेर बस्ने होइन, वर्षमा एकचोटी सबैले चेकअप गर्नुपर्छ।

हामीले एचबीएवनसी चेकअपमा बढी ध्यान दिन्छौँ। त्यो भनेको गएको तीन महिनादेखि औसत चिनीको मात्रा देखाउने रगतको जाँच हो। त्यो औसत मात्रा चाहिं प्रतिशतमा हुन्छ। सामान्य मानिसमा ५.७ प्रतिशतभन्दा कम सुगरको मात्रा हुन्छ। जसलाई सुगर छ, उसले एचबीएवनसीलाई ७ प्रतिशतभन्दा माथि राख्नुहुँदैन।

२–४ वर्षदेखि लगतार ७ प्रतिशतभन्दा माथि भयो भने त्यसले हाम्रो आँखाको पर्दा, किड्नी, नसा सबैलाई असर गर्छ। आँखाको पर्दालाई असर गरेर रगत जमेर आँखाको अन्धोपन निम्त्याउन सक्छ, हट्अट्याक भएर प्यारालाइसिस भई तत्कालै मृत्यु पनि हुन सक्छ। खुट्टाका नसालाई असर गरी खुट्टा काट्नुपर्ने अवस्था पनि आउन सक्छ।

किड्नी फेल भएर डायलाइसिसमा बस्नुपर्ने अवस्था आउन सक्छ। एचबीएवनसी ७ प्रतिशतभन्दा माथि भयो भने यस्तो जोखिम तथा जटिलता निम्तिन सक्छ। कम्तीमा ६ महिनामा एकचोटी एचबीएवनसी टेस्ट गराइयो भने यी जटिलताबाट बच्न सकिन्छ।

घरमा पनि आफैं मधुमेह चेक गर्न सकिन्छ ग्लुमिटरले। जो काममा व्यस्त छन् उनीहरुले यो प्रयोग गर्न सक्छन्। यसमा हेर्दा मधुमेहका बिरामीको सुगर खालीपेटमा १३० मिलिग्राम/डिएलभन्दा तल हुनुपर्छ र खाना खाएको दुई घन्टापछि १८० मिलि÷डिएलभन्दा तल हुनुपर्छ। त्यति भयो भने सुगरको मात्रा नियन्त्रण मानिन्छ। यति भयो भने एचबीएवनसी स्वतः ७ प्रतिशतभन्दा तल आउँछ।

मुख्यतः हरेक मानिसले आफूलाई समस्या नभए पनि वर्षमा एक पटक शरीरको जाँच गराउनुपर्छ। जसलाई मधुमेह छ उनीहरुले एचबीएवनसी टेस्ट कम्तीमा ६ महिनामा एकचोटी गराउनुपर्छ र त्यसको लेभल ७ प्रतिशतभन्दा मुनि राख्न सक्नुपर्छ।

ज्ञड परिवर्तन गर्नुपर्छ। खानपिनमा ध्यान दिने, समयमा खाने, कम्तीमा आधा घन्टा नियमित व्यायाम गर्ने, तनाव कम लिने, मोटोपन नियन्त्रण गर्ने कुरामा ध्यान दिइयो भने मधुमेहबाट बच्न सकिन्छ। मधुमेह भएका धेरैलाई मोटोपन छ।

सुरुमा ज्ञड सुधार्ने काम गरिन्छ त्यसपछि औषधि चलाइन्छ। त्यो भएन भने इन्सुलिन दिइन्छ। अहिले नयाँ औषधिहरु आएका छन्, जसले मुटु रोग लाग्ने सम्भावना कम बनाइदिन्छ। शरीरमा चिनीको मात्रा एकदम कम भएको पनि राम्रो होइन।हाइपोग्लाइसेमिया भनेको चिनीको मात्रा एकदम कम हुनु हो। कुनै पनि औषधिको मात्रा मिलेन वा यदि खाना समयमा भएन भने सुगरको मात्रा चाहिनेभन्दा पनि कम गरिदिन्छ।

सामान्य मानिसमा चिनीको मात्रा खाली पेटमा १०० मिलि-डिएलभन्दा कम हुन्छ। खाएपछिको २ घन्टापछि चाहिं १४० मिलि/डिएलभन्दा कम हुन्छ। सुगर हुनलाई खाली पेटमा १२६ मिलिरडिएल हुन्छ भने खाएको दुईघन्टा पछि २०० मिलि/डिएलभन्दा माथि भयो भने सुगर हुन्छ।

मधुमेह भइसकेकाले खाली पेटमा १३० मिलि-डिएलभन्दा कम राख्नुप-यो भने खाएपछिको १८० मिलि/डिएलभन्दा कम राख्नुपर्‍यो। तर कुनै पनि बेला ७० मिलि-डिएलभन्दा कम जान दिनु हुँदैन त्यो झन खतरनाक हुन्छ।

सुगरको मात्रा कम भयो भने मान्छे बेहोस भएर ज्यान पनि जान सक्छ। समयमा खानुपर्छ र कहिलेकाहीं औषधिको डोजको मात्रा पनि मिलाउनुपर्ने हुन्छ। यसमा लक्षण भनेको मुटु काम्ने, हात थरथराउने, पसिना आउने, भोक लाग्ने किसिमको भयो भने सुगर लो भएको मान्नुपर्छ र तुरुन्त गुलियो खानदिनुपर्छ।

९० पटक हेरिएको

तपाईको प्रतिक्रिया