समाचार

स्वास्थ्यमा अरुलाई २५ वर्ष सेवा गरे तर अन्त्यमा आफैले काम गरेको अस्पतालमा आइसियू नपाएर मृ त्यु

काठमाडौ । स्वास्थ्य सेवामा २५ वर्ष काम गरेका एक जना कर्मचारीले आफैले काम गरेको अस्पतालमा आइसियुमा वेड नपाउँदा ज्यान गुमाउनु परेको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका लेखा अधिकृत ५२ वर्षीय राजाराम इटनीले २५ वर्ष स्वास्थ्य सेवाको विभिन्न पदमा रहेर काम गरेका थिए ।

अन्य अस्पतालवाट सरुवा हुँदै अन्त्यमा शिक्षण अस्पताल आएको पनि धेरै वर्ष भएको थियो । तर मंगलबार राति उनलाई स्वास्थ्यमा समस्या भयो ।

परिवारले उनलाई शिक्षण अस्पताल ल्याएका थिए । रातिको ३ वजे अस्पताल ल्याइएका उनले अस्पतालमा आइसियुमा उपचार पाएनन् । अस्पतालमा वेड भरिएकाले उनलाई आइसियुमा राख्न अस्पतालले सकेन ।

वे हो सी अवस्थामा अस्पताल ल्याइएका उनलाई अस्पताल ल्याएको एक घण्टामै आइसियुमा राख्नुपर्ने भएपनि बेड खाली नभएका कारण इमर्जेन्सीमै अस्थायी भेन्टिलेटरको सहायतामा केही बेर उपचार गरिएको थियो ।

त्यसरी उपचार गर्दा जोखिम हुने ठानेर परिवारका सदस्यले उनलाई भंगालस्थित आफ्नै नातेदारको करूणा अस्पतालमा लगेका थिए । तर राजारामले सोही अस्पतालमा अन्तिम सास फेरे।

Related Articles

Back to top button
Close