शनिबार ११ मंसिर २०७८

सामाजिक सञ्जाल लभ अफेयर चलाउने गतिलो साधन भएको छ । कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् । कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ । तर, चीनमा एउटा यस्तो घटना भएको छ, अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुरा बुहारी पो परेछन् । एकआपसमा भेट्दा यी दुबै जना लाजले पानी पानी मात्रै हुनु परेन्, बाबुले छोराको कुटाइ समेत खानुपरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

घटना चीनको हेलोगजियांग प्रान्तको हो । यी ससुरा र बुहारी दुबैले आफ्ना पति पत्निलाई झुक्काएर च्या’ट गर्थे । दुवै जनाले आफ्नो नाम र फोटो समेत बदलेका थिए । अनजानवश च्याटमा भएको भेट र कुराकानी माया प्रेममा परिणत हुन थाल्यो । यसो त ५७ बर्षीया वांगलाई अनलाइनमा साथी बनाउने र च्या’ट गर्ने लत नै थियो । वांग आफ्नै बुहारीसँग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर ढाँट’थे, श्रीमतीको मृत्यु भइसकेकाले आफू एक्लै भएको ती महिलालाई बताउथें ।

बुहारी लिली पनि के कम ? उनी आफ्नो श्रीमान जेलमा रहेकाले छोरासँग मात्रै बस्दै आएको बताउँदै आएकी थिइन् । हरराति यी दुईबीच च्या’ट्मा कुरा हुन्थ्यो । पछि फोटो पठाउने कुरा भयो । अनि दुबै जनाले आफ्ना साथीका राम्रा फोटो पठाइदिए । फोटो हेरिसकेपछि दुबैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय गरे । लिली र वांगबीच होटेलमा भेट्ने तय भएकै दिन लिलीका श्रीमान यात्राबाट घर पर्किए ।

उनले च्याटबारे सबै जानकारी पाएपछि दुबैलाई रंगे’हात समात्न होटलतिर लागे । लिली जब होटेलमा गएर कोठा ढकढकाईन् त्यसपछि ढोका खोल्दा आफ्नै ससुरा पो परेछन् । पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुट’पिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को चक्करमा प्रहरीले ससुराबुहारीलाई केरकार गरिरहेको छ ।

६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया