समाचार

भारतीय सेना प्रमुख नेपालमा, उनको सुरक्षामा २ हजार प्रहरी परिचाल

काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको सुरक्षाका लागि काठमाडौँमा सुरक्षा व्यवस्था कडा गरिएको छ । मध्यान्ह भारतीय सैनिकको विशेष विमानमार्फत काठमाडौ आएका नरवणेमाथि ‘थ्रेट’ विश्लेषण गरेर उनी हिँड्ने रुटमा २ हजार प्रहरी परिचालन गरिएको छ ।

सडकमा सादा पोशाक र बर्दीमा प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाले पनि ठूलो संख्यामा सादा पोशाकका सैनिक खटाएको छ । नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण नरवणेको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए ।

Related Articles

Back to top button
Close