समाचार

संक्रमित र मृ तकको संख्या बढ्न थालेपछि पुनः १५ दिन लकडाउन

दमक / कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्न थालेपछि दमकमा पुनः आंशिक लकडाउन घोषणा गरिएको छ । नगरपालिकाले आंशिक लकडाउन घोषणा गर्दै त्यस अवधिलाई निषेधाज्ञाको रुपमा घोषणा गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ । नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धीको समन्वय समितिको बैठकले बुधबारदेखि लागु हुने गरी मंसिर ३ सम्म बेलुका ४ बजेदेखि बिहान ७ बजेसम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आशिंक समय लकडाउन गर्ने निर्णय भएको जानकारी दिइन् । तोकिएको समयलाई पूर्ण रुपमा कार्यान्वयन गराइने उनको भनाइ छ । बेलुकीको समय अनावश्यक भिडभाड हुने गरेकाले त्यसलाई रोक्न पूर्णरुपमा बजार पसल तथा हिँड्डुलमा रोक लगाइएको प्रवक्ता अधिकारीले बताइन् ।

Related Articles

Back to top button
Close