समाचार

पानी माग्न आएका तीन व्यक्तिले एक महिलामाथि जे गरे…

काठमाडौं । पानी माग्न आएका तीन व्यक्तिले एक महिलामाथि जे गरे त्यसले सबैलाई हैरान बनाएको छ । पाल्पामा तीन जना अपरिचित व्यक्तिले एक महिलामाथि हात हालेर लुटेका छन् । जानकारी अनुसार उनीहरु अहिले पनि फरार भएका छन् ।

सोमबार मध्यराति रामपुर नगरपालिका–८ ढकालचौपारीका ६९ वर्षीया मोहन कुमारी श्रेष्ठको घरमा यस्तो घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार घरमा मध्यराति तीन जना अपरिचित व्यक्ति आएका थिए । पानी खान भन्दै घरभित्र छिरेका तीन जना अपरिचित व्यक्तिले यो सब गरेर भागेको प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार श्रेष्ठको घरबाट तीन लाख रूपैँया र करिब ९ लाख ५ हजार बराबरको सुनका गरगहना लिएर उनीहरु भागेका छन् । उनीहरूले ती महिलामाथि हातसमेत हालेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

ती महिलाको अवस्था सामान्य छ । घटनाबारे प्रहरीलाई ढिला मात्रै जानकारी आएको बुझिएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान सुरु भएको छ ।

Related Articles

Back to top button
Close