समाचार

आयो खुशीको खबर, नेपालमै उत्पादित कोरोनाविरुद्धको औषधि परीक्षण सुरु

काठमाडौं । नेपालमै पहिलो पटक कोभिड १९ विरुद्धको फाभिर २०० नामको औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ । यो औषधि देउराली जनता फर्मास्युटिकल्सले उत्पादन गरेर क्लिनिकल परीक्षणका लागि उपलब्ध गराएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीका अनुसार यो औषधि कोरोना बिरामीमा क्लिनिकल परीक्षण सुरु भएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

“आवश्यक सबै प्रक्रिया पूरा गरेर काठमाडौं उपत्यकामा क्लिनिकल परिक्षण सुरु भइसकेको छ, आवश्यकता अनुसार काठमाडौं बाहिर पनि परिक्षणका लागि पठाउनेछौं,” उनले भने ।

कोरोना विरुद्ध प्रयोग हुने यो औषधि पहिलो पटक नेपालमै उत्पादन गरेर क्लिनिकल परीक्षणका लागि पठाएको औषधि निर्माता देउराली जनता फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक हरिभक्त शर्माले बताए ।

उद्योगले मुल केमिकल आयात गरेर नेपालमै विकास गरी फाभिर २०० ट्याबलेट उत्पादन गरेको र हाल यो औषधि कोभिड-१९ को अत्यावश्यक उपचार-प्रयोगको लागि स्वीकृति दिन कानुनी व्यवस्था नभएको भनि अनुसन्धान गर्नको लागि मात्र स्वीकृति प्राप्त भएको उनले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव ज्ञवालीका अनुसार यो औषधि कोरोना बिरामीमा पहिलो पटक क्लिनिकल परीक्षण सुरु गरिएको हो ।

४ सय ६६ जना कोरोना संक्रमितमा फाभिर २०० नामको औषधि क्लिनिकल परीक्षण गर्न लागिएको हो । क्लिनिकल परीक्षणका लागि टिचिङ अस्पताल, ग्रान्डी, शहिद गंगालाल अस्पतालसहित कोभिडको उपचार गराइरहेका काठमाडौं उपत्यकाका सबैजसो अस्पताललाई औषधि उपलब्ध गराइसकेको शर्माले बताए । बाह्रखरी अनलाईनबाट साभार गरिएको हो ।

Related Articles

Back to top button
Close