समाचार

अत्यन्तै कडा बन्यो ट्राफिक नियम, आजै नियम उल्लंघन गर्ने ७७९ जनालाई कारबाही

काठमाडौं । सार्वजनिक सुवारी साधनमा भाडादर नटाँस्ने १५३ जनामाथि कारवाही गरिएको छ । महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघनविरुद्धको कारबाही तीव्र बनाएसंगै ट्राफिक नियम उल्लंघन गर्ने ७७९ जनालाई उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

जसमा यात्रुले देख्ने गरी सार्वजनिक सवारीसाधनमा भाडा सूची नटाँस्ने १५३ जना, नम्बर प्लेट स्पष्ट नराख्ने १८९ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ७७ जना र मदिरा पिएर सवारीसाधन चलाउने ११ जनामाथि समेत कारबाही गरिएको छ ।

जोर–बिजोरको उल्लंघन गर्ने ८१५ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । जसमा ६४८ वटा दुईपाङ्ग्रे र १६७ वटा चारपाङ्ग्रे सवारीसाधन छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यस्तै गएको चौबीस घण्टामा विभिन्न नाका प्रयोग गरी ५ हजार ६२२ वटा सवारीसाधनमा २९ हजार ३९१ जना यात्रु उपत्यका भित्रिएका छन् । ५ हजार १९० वटा सवारीसाधनमा २५ हजार ७२१ जना यात्रु उपत्यकाबाट बाहिरिएको महाशाखाले जनाएको छ ।

Related Articles

Back to top button
Close