शनिबार ११ मंसिर २०७८

एजेन्सी, ७ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । क्वाड नेताहरुको सम्मेलनमा सहभागी हुन उनी अमेरिका पुगेका हुन् । मोदीले संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई समेत सम्बोधन गर्ने भएका छन् । मोदीले अमेरिका भ्रमणका बेलामा आफ्नो यात्राको भरपूर सदुपयोग गरेका छन् । आधिकारिक कागजपत्रको अध्ययन गरे ।

काम अगाडि बढाउनुपर्ने थाती रहेका फाइलहरुको अध्ययन गरे । उनले ट्वीट गर्दै लेखेका छन्, ‘लामो फ्लाइट कागजागत र फाइलका काम हेर्ने अवसर पनि हो ।’ क्वाडमा अमेरिका, जापान, भारत र अष्ट्रेलिया रहेका छन् । यो प्रतिरक्षा सम्बन्धी चार देशहरुको एलाइन्स हो ।

अमेरिका जाने क्रममा उनको विमान पाकिस्तानको एयरस्पेस हुँदै गएको छ । भारत र पाकिस्तान बीच वर्षौंदेखिको दुश्मनीका कारण भारतीय प्रधानमन्त्रीको विमान पाकिस्तानको एयरस्पेस हुँदै उड्नुलाई अर्थपूर्ण र महत्वपूर्ण रुपमा हेरिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा यो विमानले पाकिस्तानको एयरस्पेस हुँदै उड्न अनुमति मागेको थियो र पाकिस्तानले अनुमति पनि दिएको थियो ।

९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया