कोरोना लागेका रवि लामिछानेमाथि लाग्यो यस्तो गम्भीर आरोप, अब के गर्लान् ?
चर्चित सञ्चारकर्मी एवं कार्यक्रम सिधाकुरा जनतासँग का प्रस्तोता रवि लामिछानेमाथि कोरोना संक्रमण देखिएको बेला स्वास्थ्य मापदण्ड पालना नगरी स्वस्थ व्यक्तिहरुलाई भेटेर गम्भीर गल्ती गरेको आरोप लागेको छ । सामाजिक अभियान्ता हेम थापा लगायतका अभियान्ता र कोरोना संक्रमणविरुद्ध लडिरहेका केही स्वास्थ्यकर्मीहरुले उनीमाथि यस्तो आरोप लगाएका हुन् ।
रबि लामिछानेले आफु कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेको बेला अरुलाई भेट्नु गम्भीर लापरवाही रहेको उनीहरुको भनाई छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
डाक्टरले यसरी सुरक्षा सतर्कता नअपनाई कोरोना संक्रमितसँग भेट गर्नु ठूलो अपराध भएको उनीहरुको आरोप छ । उनीहरुले रोग फैलाउन मद्धत गरेको अभियोगमा नेपाल सरकारको स्वास्थ्य मापदण्ड नमान्ने , विश्व स्वास्थ्य संगठनले लागु गरेको नियमलाई चुनौती दिने आयुर्बेदिक डाक्टर उनीहरुलाई तुरुन्त कानुन बमोजिम कारवाहीको माग गरेका छन् ।
सामाजिक अभियान्ताहरु मध्ये हेम थापाले समाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस यस्तो छः
न्यूज २४ टेलिभिजनबाट आइतबार प्रसारित सिधाकुरा जनतासँग कार्यक्रममा कोरोना संक्रमित प्रस्तोता रबि लामिछानेलाई आयुर्वेदिक डाक्टर विवेक तिमिल्सिनाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी भेटेका थिए । हेर्नुहोस् उक्त कार्यक्रमको भिडियोः