समाचार

शाहरुख खानका कारण ऐश्वर्या रायलाई धेरै फिल्मवाट अचानक निकालियो, एैश्वर्याले खुलाइन् रहस्य

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राई नोभेम्बर १ मा उनको जन्मदिन मनाउँछिन्। यस अवसरमा उनका फ्यानहरूले उनलाई सोशल मीडियामा बधाई दिएका छन् । उनको बलिउड क्यारियरमा ऐश्वर्याले हम दिल दे चुके सनम ुदेवदासु र ुजोधा अकबरु जस्ता धेरै हिट फिल्महरू दिएकी थिइन। यसै बीच, उनले यस्तो कुराको खुलासा पनि गरेकी छन् की उनलाई जानकारी नदिइकिन धेरै फिल्मवाट निकालिएको छ । त्यसको कारण शाहरुख खान हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

शाहरुख खानका कारण उनले धेरै फिल्ममा अन्तिम अवस्थामा आएर निकालिएको छ । क्यारियरको शुरुआती दिनहरूमा शाहरुखले उनलाई धेरै फिल्महरूबाट बाहिर निकाले। शाहरुखले पनि यो कुरा स्वीकार गरेका छन् । उनले अहिले त्यो कुराको पछुतो भएको पनि बताउँछन् । उनी ऐश्वर्याको निजि जिवनमा यति धेरै प्रवेश गर्नु हुदैनथ्यो भन्ने अहिले सम्झन्छन् । ऐश्वर्याले अभिनेत्री सिमी गैरेवालसँगको अन्तर्वार्तामा यो कुराको खुलासा गरेकी हुन् ।

यस भन्दा पहिले ऐश्वर्यालाई ुवीर जवाराु मा अभिनयका लागि सहमति भएको थियो । तर अन्तिम अवस्थामा निकालियो । किन भन्ने प्रश्नमा ऐश्वर्याले भनिन् ुम कसरी यो प्रश्नको उत्तर दिन सक्छु। हो, त्यसबेला त्यहाँ दुईवटा फिल्महरू बारे कुरा गरिएको थियो जुन हामी सँगै काम गर्नेछौं। र त्यसपछि, अचानक, यो कुनै कारण बिना मलाई निकालियो ।

उनले आफुलाई यस्तो अन्याय किन गरिएको हो भन्ने बारेमा शाहरुखलाई कहिल्यै नसोधेको पनि बताएकी छन् । उनले भनिन् मैले शाहरुखलाई सोधेको छैन किनकि यो मेरो स्वभावमा छैन। यदि कुनै ब्यक्तिले मेरो बारेमा चासो राख्छ भने म कुरा गर्छु अन्यथा म आफै कुरा गर्न जाने मेरो स्वभाव छैन । त्यसैले मैले शाहरुखसंग कहिल्यै कुरा गरिन् ।

Related Articles

Back to top button
Close