मंगलबार ०२ कार्तिक २०७८

गुल्मी । उनी हुन्, तिलक परियार । पेशा, टेलर पसल अर्थात् सिलाइ बुनाइ । अहिले उनी गुल्मीको सदरमुकाम तम्घासमा ‘टेलर पसल साहुजी’ प्रख्यात छन् । टेलर पसल साहुजी बन्न र तम्घासमै पक्की घर बनाएर बस्न उनले थोरै सं’घर्ष गर्नुपरेन । र, संघर्षकै प्रतिफल आज उनी यो स्थानमा छन् । कपडा सिलाउने पुर्खेयौली पेशाबाटै ग’रिवी र अभावबाट उनले पाठ सिके ।

५ छोरीहरु मध्ये एउटी छोरीको विवाह भइ सकेको थियो । अन्य चार छोरीहरु पढ्दै र बाबुसँगै रम्दै, गफ गर्दै कपडा सिलाउने काम पनि सिक्दै थिए। तर, हिजो साँझ परिवारमा अचानक खुशीको दियो नि’भ्यो । निरन्तर वर्षा परिरहेको थियो । परिवार साँझको खान खाइवरी बिछ्यौनामा दिनभरको थकान मेटिरहेको थियो । बाहिर झरी भने झनै बेजोडले बर्सिरहेको थियो ।

परिवार मस्त निन्द्रामै भएको अवस्थामा आएको प’हिरोले क्ष’ण भरमै परिवारको खुशी खो’सेर लग्यो । अहिले तिलक चि’न्ताको गहिरो खाडलमा डु’बेका छन् । तिलकलाई पसलमा काम सघाउने उनका ३ छोरी पहिरोमा पु’रिएर प्रा’ण त्या’गे। पहिरोमा पु’रिएर छोरीहरु भावना, गंगा र जमुनाको मृ,त्यु भएको छ । हिजो साँझ छोरी भावनाले बाबुलाई सघाएर पसलबाट घर फर्किएका थिए ।

साँझ खान खाइसकेपछि परिवारका सबै सदस्य मीठो निद्रामा परे । तर, उनीहरुलाई घर माथिबाट का’ल बनेर आएको पहिरो पत्तै भएन । मीठो निद्रामै तिलक बहादुर र उनी श्रीमतीले पहिरो आएको थाहा पाए । दुवै जना चि’च्चाउँदै बाहिर निस्केर छोरीहरु सुत्ने कोठातिर दौडिए । कोठा पहिरोले पूरै पु’रिएको थियो । २१ बर्षीया छोरी भावना, १४ बर्षीया दुई जुम्लिया छोरी गंगा र जमुना नि’र्जीब भइसकेका थिए ।

तर, १७ बर्षीया साईली छोरी सुजताको भने दुवैले ढुकढुकी भेटे । छिमेकी ईश्वर बिक भन्छन्–‘हाम्रो र उहाँहरुको घर दुई चार मिटर भन्दा धेरै टाढा छैन । राति ११ बजेर ४० मिनेटको कुरा हो । मुसलधारे पानीसँगै हाम्रो घरको अगाडी पनि पहिरो बग्दै थियो ।अ’न्धकार भएकाले केहि देखिएन । पल्लो घरमा चि’च्चाएको आवाज सुनिन्थ्यो । पछि थाहा भयो, सुजता बाहेक सबै छोरी पहिरोले पु’रिएछन् । हामीले चाहे र पनि केही गर्न सकेनौँ ।’

सुजाता माध्यामिक तहको शिक्षा हाँसिल गर्दै बाबु सँगै कपडा सिलाउने गर्दै आएका थिए।दुई छोरी गंगा र जमुनाले तम्घासकै महेन्द्र नमुना माध्यामिक विद्यालय कक्षा ८ मा पढ्दै आएको शिक्षक रोम बिश्वकर्मा बताउँछन्। पहिरोले पु’रिएको घर देखि केही मिटरको दूरीमा प्रहरी कार्यालय छ । प्रहरीको कार्यालयदेखि केही दूरीमा नेपाली सेनाको ब्यारेक छ । राति आएको भी’षण पहिरोले प्रहरी र सेनाले पनि ढिलै गरि सूचना पाएका थिए । पछि घटनास्थलमा आउँदा पहिरोमा श,व पु’रिसकेको थियो ।

पहिरोमा पु’रिएको श,व निकालियो । छोरीहरुको पहिरोमा मृ,त्यु भएपछि तिलक दम्पत्तिको आँखाबाट आँ’शुको भेल छु’टिरहेको थियो । छिमेकीहरु दुवैलाई सम्झाई रहेका थिए । तिलकबहादुरको पुख्र्याैली घर गुल्मीदरवार गाउँपालिका–२ झिरबास हो । जहाँबाट उनी सरेर सदरमुकाम तम्घास (रेसुङ्गा नगरपालिका–८) का बासिन्दा हुन् । तम्घासकै थुम्का टोलमा घडेरी किनेर १२ वर्ष अघि एक तले पक्की घर बनाएर बसेका उनको घरबार अहिले पहिरोले उजाडिदिएको छ । न्युज २४ नेपालबाट

९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया