मंगलबार ०२ कार्तिक २०७८

काठमाडौ । अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम पनि सार्वजनिक गरेकी छन् । सुन्दर क्याप्सन लेखेर उनले आफ्नो छोरीको नाम आयाङ्का कार्की जोशी भएको जानकारी दिएकी हुन् ।

तस्बिरमा प्रियंका र आयुष्मान निकै खुसी देखिएका छन् । आयुष्मान र प्रियंकाले दुई वर्ष अघि विवाह गरेका हुन् । प्रियंकाको यो दोस्रो विवाह हो । सिने जगतमा चल्तीकी नायिका प्रियंका गर्भावस्थामा निकै चर्चा कमाएकी थिइन् । प्रियंका आफु गर्भवती भएको जानकारी दिएको स्टटास र तस्बिरको पनि चर्चा भएको थियो ।

प्रियंका र आयुष्मान दुवैको तस्बिर राखेर प्रियंकाले हामी गर्भवती भयौं भन्दै क्याप्सन लेखेकी थिइन् । उनको यो क्याप्सनको निकै चर्चा र टिप्पणी पनि भयो । साथै गर्भावस्तामा पनि उनले निकै रमाइला तस्बिर सार्वजनिक गरिन् । आमा बन्न लागेको खुसी उनले भरपुर उठाइन् । कतिपयले उनको खुसीको टिप्पणी र आलोचना पनि गरे ।

उनले गर्भावस्थामा गरेका विभिन्न क्रियाकलापमाथि थुप्रैको नजर अडिने गर्दथ्यो । कतिले उनलाई समर्थन गर्थे भने कतिले उनको अत्यधिक आलोचना गर्न पनि छोडेनन् । तर प्रियंकालाई यस्ता कुराहरुको कुनै वास्ता हुन्थेन ।

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया