रोचक

कस्ता मानिसहरू अचानक धनी हुन्छन् ? पुरा पढ्नुहोस्

मानिस पैसा आर्जनका लागि अधिकतम समय खर्चिने गर्छ । धेरै भन्दा धेरै मानिसले धन आर्जनका लागि नै सोच्ने गर्छ । धन, पैसा, मनी जस्ता शब्द मानिसको मनमा दौडिरहेको हुन्छ । धनी उच्चस्तरीय जीवनको शैलीमा लागिरहेका हुन्छन् । गरिब थोरै भएपनि पैसा कमाउनका लागि दिन रात मेहनत गरिरहेका हुन्छन् । तर भाग्यले भने सबैलाई साथ दिइरहेको हुँदैन । कोहि पनि मानिस गरिब किन हुन्छ र कुनै धनी मानिससँग किन धनमाथि धन थपिरहेको हुन्छ ?

यसको जानकारी ज्योतिषशास्त्रमा उल्लेख गरिएका विभिन्न योग जस्तैः चन्द्रमा र वृहस्पति मिलेर बन्ने गजकेशरि योग, मंगल र चन्द्रमा मिलेर बनाउने महालक्ष्मी योग जुन योगको सहायताले मानिसले अपार सम्पत्ति जम्मा गर्ने सक्छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यस्तै चन्द्रमा, शुक्र र बुध ग्रहको संयोगले बन्ने कुबेर योग लगाएत अरु थुप्रै योगहरुको बारेमा चर्चा गरिएको छ । मानिसको कुण्डलिमा कुनै एउटा योग मात्रै बनेमा अपार सम्पत्ति जम्मा गर्न सक्छन् । मानिस जन्मेको समयदेखि नै उसको धन सम्पत्तिको लागि कुन ग्रह कत्तिको बलियो अवस्थामा रहेको छ भन्ने जानकारी उसको जन्म समयका आधारमा बन्ने कुण्डलिले पहिले नै तय गरि सकेको हुन्छ । त्यसकै आधारमा काम या पढाइ तिर लैजाने हो भने मानिसले सोचेअनुसारनै सुख, शान्ति र अपार सम्पत्ति कमाउन सक्दछ ।

जागिर गर्ने विदेश जाने घरमा वस्ने या घरभन्दा टाढा गएर बसेमा भाग्यले कत्तिको सहयाेग गर्छ । घर भन्दा टाढा जादा कुन दिशामा जादाखेरि राम्राे हुन्छ । कस्ताे माेहाेडाकाे जग्गामा बस्दा शुभ हुन्छ भन्ने सम्पूर्ण जानकारी ज्याेतिष तथा वास्तुकाे सहायताले जानकारी प्राप्त गर्न सकिन्छ ।

भाग्यले प्राय गरेर हुने मानिसलाई नै सपोट गरिएको हुन्छ । कतिपय अवस्थामा भाग्यलाई आफूअनुकुल बनाउन सकियो भने मात्रै मानिसको जीवन सुखमय तरिकाले बिताउन सकिन्छ । कुन क्षेत्रमा सफल भइन्छ, त्यहीअनुसार लैजानेले मात्रै जीवनमा सफलता प्राप्त गर्दछन ।

Related Articles

Back to top button
Close