मनोरंजन

‘मेरो कथा पर्दामा न कसैले हेर्न सक्छ, न किताबमा पढ्न नै सक्छ’ स्वेता खड्का

नेपाली चलचित्र क्षेत्रकी एक सफल अभिनेत्री श्वेता खड्का । खड्काले अहिले व्यापार र सिनेमासँगै बिभिन्न सामाजिक अभिनयान तथा सामाजिक सेवामा पनि कदम बढाएकी छिन् ।

श्वेता खड्का अहिले धेरैको लागि रोल मोडल बनेकी छिन् । तर उनको जीवनको यहाँसम्मको यात्रा त्यति सहज थिएन । पनौतीमा जन्मेर अहिले श्वेता खड्काका नामले स्थापित हुँदासम्म जीवनमा घटेका विविध घ’टना र रहस्यहरु उनले बाँडेकी छिन् ।

श्वेताको जन्म काभ्रे जिल्लाको पनौती नगर पालिका वडा नम्बर १२ मा भएको हो । त्यहि मेरो बाल्यकाल एकदमै रमाइलोसँग बित्यो । अहिले पनि मलाई मेरो बाल्यकाल फेरि फिर्ता आए हुन्थ्यो जस्तो लाग्छ । बाल्यकालमा मेरा धेरै साथीहरु थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कहिलेकाही म उनीहरुको लिडर जस्तै हुन्थेँ भने कहिले निकै लजाउथेँ ।मलाई जतिले पनि भेट्नुहुन्थ्यो सबैलै एकदमै माया गर्नुहुन्थ्यो । मेरो पढाइ भने सामान्य थियो । शिक्षकहरुले सधैँ मलाई पढ्न प्रेरित गर्नुहुन्थ्यो ।

जब म किशोरावस्थामा प्रबेश गरे एकदमै पढ्नुपर्छ भन्ने खालको थिएँ । लजालु भएका कारण अरुको अगाडि गएर बोल्नु पर्यो भने मेरो कान रातो हुन्थ्यो । म एकदमै डराउँथे । बाटोमा हिंड्दा कसैले जिस्कायो भने साथीहरु बोल्ने गर्थे ।

तर म बोल्न पनि सक्दिनथेँ । चुप लागेर आफ्नो बाटो हिड्थेँ । त्यस्तो स्वभाव थियो मेरो किशोरावस्थामा । ब्याचलर पढ्दा त सबै केटीहरु सकिन्थे । मेरो घरमा पनि सबै जना दिदी बहिनीहरुको आत्मनिर्भर नभई विवाह भयो ।

विवाह पछि मात्र उहाँले काम गर्न थाल्नुभयो । १५÷१६ वर्षको उमेरमा पुगेपछि मलाई आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने सोच आउन थाल्यो ।अनि सानै उमेरमा अप्ठ्यारो बाटोमा स्कुटी चलाउनु परेका कारण मेरो ब्याक पेन शुरु भयो।

पछि डाक्टरले शारीरिक व्यायाम र फिटनेसको सुझाव दिनु भयो ।कहाँ भेटिएला खेलिसकेपछि धेरै सिनेमाको अफर आयो मलाई । तर मैले दादा श्री कृष्णसँग तीनवटा सिनेमामा काम गरेँ ।

अनि मैले श्री कृष्णकै अनुरोधमा कोहिनूर मा लगानी गरेँ । निर्माताको रुपमा सिने उद्योगमा प्रवेश गरेँ ।मैले धेरै सिनेमामा काम गरिन । मेरो पूरा ध्यान व्यापारमै थियो । दर्शकले दिनु भएको मायाका कारण मैले वर्षमा एउटा जति सिनेमा खेलेको थिएँ ।

दर्शकले दिनु भएको मायाकै कारण मैले कान्छी सिनेमा बनाए । सबैको जिन्दगीमा दुख,सुख,उकाली ओरालीहरु आउँछन् । त्यसलाई व्यवस्थापन गर्दै अगाडि बढ्न सक्नुपर्छ ।

कुन बेलामा के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन ।मैले शुरुमा धेरै रमाईलो गरेँ । बीचमा अचानक के के भयो भयो म म’रेँ । म अहिले पहिलाको स्वेता खड्का नभएर नयाँ स्वेता खड्का हो जस्तो लाग्छ मलाई । मैले पुरानो कुराहरु बिर्सिएको छैन ।

तर अहिले मैले नयाँ जीवन पाएको छु । म एकपटक मरेर नयाँ जीवन जिउनको लागि अहिले दुःख गरिरहेको छु जस्तो लाग्छ । उक्त घ’टनापछि मलाई सम्हाल्न खुबै गा’ह्रो भयो । ६ महिना सम्म ढाडको बिरामी भएँ ।

त्यो ६ महिना म ड्रिप्रेशनमा पनि गएँ । कोहीसँग बोल्न मन लाग्दैन्थ्यो । कफी र चिया खाँदा खाँदै गिलासहरु फुटाईदिन्थेँ । त्यो बेलामा मलाई केही थाहा नै हुँदैनथ्यो ।तर अहिले त्यो पल सम्झिँदा लाग्छ त्यो बेला म एकदमै पि’डामा थिएँ ।

दुःखमा थिएँ । त्यसपछि म दोस्रो उपचारको लागि अस्ट्रेलिया गएँ । दिन बित्दै जाँदा म निदाउन सक्ने भएँ । हाँस्न सक्ने भएँ । अरुसँग रमाउन सिकेँ । लुगा लगाउन सिकेँ । मेकअप गर्न सिकेँ ।

त्यो बेलामा मलाई आफ्नो अनुहार ऐनामा हेर्दा एक्दमै डर लाग्थ्यो । अहिले त्यो बेलाका केही तस्बिरहरु युट्युबमा हेर्दा म यस्तो भएको थिएँ र जस्तो लाग्छ ।मेरो अनुहार सुन्निएको अनि तौल बढेको । म त सेलिब्रेटी पो थिएँ त सबैको प्रिय । म यसरी परिवर्तन भईसकेँ जस्तो महसुस हुन्थ्यो । अनुहार हेरेर मेकअप गर्दागर्दै रुन्थेँ ।

कार्यक्रमको अफर आँउथ्यो । कपाल कोर्न खोज्थेँ तर सक्दिनथेँ । मेरा ती कुराहरु ती पी’डाहरु कसैले सिनेमामा पनि हेर्न सक्दैन र किताबमा पनि पढ्न सक्दैन ।

Related Articles

Back to top button
Close