मनोरंजन

बुवाका बारेमा प्रियंका चोपडाले गरिन् वर्षौपछि यस्तो अनौठो खुलासा

काठमाडौं । चर्चित बलिउड देखि हलिउडसम्म चर्चा पाएकी प्रियंका चोपडाका बारेमा नजान्ने सायदै होलान । तर उनका पिताका बारेमा भने धेरैलाई जानकारी छैन । यो बीचमा उनी आफैंले केही दिन पहिले आफ्नो बुबाको बारेमा केहि गम्भीर कुराको खुलासा गरेको छिन् । प्रियंकाले टाटलर पत्रिकालाई दिएको अन्तर्वार्तामा बताइन् कि उनी अमेरिका आएपछि कसरी परिवर्तन भइन् । प्रियंकाले भनिन्, ‘जब म १६ वर्षकी थिँए तब म अमेरिकाबाट फर्कें । मेरो कपाल हल्का घुमाउरो थियो, यो देखेर मेरो बुबा डराउनुभयो ।

शुरुका केही हप्ताहरू, मसँग कस्तो व्यवहार गर्ने भनेर ठ्याक्कै बुवालाई थाहाँ भएन् ।’ प्रियंकाले बताइन् कि कसरी स्कूलका केटाहरूले उनलाई पछ्याए । उनले यसै कारण उनका बुबाले उनीमाथि एकपछि अर्को प्रतिबन्ध लगाउन थाले । उनीहरूलाई टाइट लुगा लगाउन पनि अनुमति थिएन । प्रियंकाले यो पनि बताइन् कि उनको र उनका बुबाको बीचमा अहंकार झगडा थियो । यसका साथै उनले बुबा र छोरीबीच दुवैको मित्रताको सम्बन्ध रहेको कुरा पनि बताइन् ।

आफ्नो बुबाका शब्दहरू सम्झँदै प्रियंकाले भनिन्, ‘उहाँ सधैँ भन्नुहुन्थ्यो कि तिमी जे पनि खराब वा राम्रो गछ्यौ । पहिले मलाई भेट्नु र मलाई भन्नु । म सबै कुरा ठीक गर्छु । तिम्रो कुराले म तिमीलाई मुल्याङ्कन गर्दिन् ।’ प्रियंका यी दिनहरुमा पति निक जोनस संग समय बिताउँदैछिन् । दुबै कोरोना भाइरसबाट बच्नको लागि अलग्गै छन् ।

Related Articles

Back to top button
Close