भिडियो

संघर्षका दिनहरु सम्झेर भावुक बने पुण्य गौतम (भिडियो हेर्नुहोस् )

काठमाडौं / आफूलाई नेता तथा राजनिती विश्लेषक भनेर चिनाउने पुण्य प्रसाद गौतम बिगत केही महिनादेखि सामाजिक सञ्जाल (युट्युबमा) चर्चित छन् । एक समय युट्युब र गौतमको सम्बन्ध नङ र मासु जस्तै बनेको थियो । समाजमा घटेको घटनाहरुलाई युट्युब मार्फत विश्लेषण गर्न माहिर गौतमलाई युट्युबले नै सामाजिक अभियान्ता समेत बनाइदियो ।

पुण्य प्रसाद गौतम “विश्वास” को हुन् ?**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम । खेतको काम, दाउरा, घाँस, मेलापात गर्दै सामान्य मान्छेसरह बाल्यकाल बिताएका उनी गाउँका सुखदुःखको भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन् । सानै उमेरदेखि पढ्न मन गर्ने स्वभावका गौतम पढाइमा सधै प्रथम भएको बताउँछन् ।

नेकपा एमालेका स्व.नेता मदन भण्डारी पछिको प्रखर वक्ता भनेर चिनिने पुण्य गौतम साहित्यकार समेत हुन् । अहिले युट्युब र फेसबुकमा छाए जस्तै एक समय पत्रपत्रिकामा पनि छाएका थिए गौतम, उनले लेखेका आर्टिकलहरु राष्ट्रिय पत्रिकाहरुमा छापिन्थ्यो ।

सामान्य परिवारमा हुर्किएका गौतम केहिबर्ष देखि राजधानीमा बसोबास गर्दै आएका छन् । उनको आयस्रोत के छ भन्ने धेरैको जिज्ञासा पनि नआएको भने हैन, यस बिषयमा गौतमले एक युट्युबमा अन्तर्वार्ता दिँदै ” अड्को पड्को तेलको धुप ” चलाइरहेको बताएका छन् ।

Related Articles

Back to top button
Close