मंगलबार ०२ कार्तिक २०७८

एजेन्सी । राज कुन्द्रा जे’लबाट बाहिर आएको पहिलो तस्वीर सार्वजनिक भएको छ । अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा जे’लबाट बाहिर आएका छन् । ६४ दिनपछि उनी आफ्नो परिवारका सदस्यहरुलाई भेटेका छन् । उनलाई मुम्बई क्रा’इम ब्रान्चले १९ जुलाईमा पो’र्नो ग्रा’फीको मुद्दामा प’क्रा उ गरेको थियो।

राज कुन्द्रा जेलबाट बाहिर आएसंगै भारतीय मिडियाले उनीहरुलाई घेरे । यस क्रममा पत्रकारहरुले उनलाई प्रश्न सोधे तर उनले कुनै प्रश्नको उत्तर नदिएको जनाइएको । उनी केहि नबोली गाडीमा पसेको बताइएको छ । जमानतमा जे’लबाट बाहिर आएपछि राजको पहिलो तस्वीर बाहिर आएको छ। यी तस्वीरहरुमा राज कुन्द्रा मा’स्क लगाएको देखिन्छ। उनको निधारमा एक ठूलो रातो टिका लगाएको देखिन्छ।

उनलाई ५० हजार जरि’वान तिर्दै जमानतमा रि’हा गर्न अदालतले आदेश दिएको हो । तर, राजले प्रहरीको अनुमती विना मुम्बई शहर छाड्न भने पाउने छैनन्। राजलाई गिर’फ्तार गरेपछि जुलाई २७ सम्म प्रहरीको नियन्त्रणमा राखिएको थियो। यसपछि, उनलाई १४ दिन न्यायिक हिरा’सतमा राख्न अदालतले आदेश दिएको थियो । यसपछि, उनी निरन्तर जे’लमा थिए ।

४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया