बुधबार ०३ कार्तिक २०७८

काठमाडौ । पूर्व युवराज्ञी हिमानी शाह सामाजिक काममा निकै सकृय छन् । उनले हिमानी ट्रष्ट मार्फत सहयोगका काम गर्दै आएकी छन् । सामाजिक कामका लागि उनी विभिन्न जिल्ला पुग्छिन् । यस्तोमा हिमानी आइतबार जनकपुरधाम पुगीन् । उनले त्यहाँ जानकी मन्दिरमा विशेष पुजा गरेपछि भेटघाट पनि गरेकी छन् ।

हिमानी ट्रष्टकै कार्यक्रम लिएर गएकी हिमानीले एक विद्यालयमा विद्यार्थीसंगै बेञ्चमा बसेर विद्यार्थी युवतीहरुसंग कुराकानी गरेको भिडियो बाहिरिएको छ । उनले विद्यार्थीहरुसंग उनीहरुको पढाईबारे कुरा गरेकी छन् ।

त्यहाँको सकल भवन कन्या माध्यमिक विद्यालयमा उनी पुगेकी थिइन् । त्यहाँ अध्ययनरत छात्रालाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी उनले विद्यार्थीहरुसंग प्रत्यक्ष भेटघाट र कुराकानी गरिन् । सामान्य नागरिक सरह उनले विद्यार्थीहरुसंग भलाकुसारी गरेको भिडियो सार्वजनिक भएको छ । उनले छात्रालाई पालैपालो ‘कुन विषय मनपर्छ ’ भनेर प्रश्न सोधेकी थिइन् । जवाफमा छात्राले ‘म्याथ र साइन्स’ भने । हिमानीले छात्राको कुरामा सहमति जनाउँदै हाँस्दै भनिन्, ‘हो मलाई पनि गाह्रो भएको थियो ।’

९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया