बुधबार ०३ कार्तिक २०७८

काठमाडौं । पहिरोका कारण समस्यामा परेकाहरुको अवस्था बुझ्न गएका मेयरले उल्टै मु क्का भेटेका छन् । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले मु क्का भेटेका हुन् ।

उनलाई बाढी पहिरोमा परेकाहरुले मु क्का हा नेको बताइएको छ । सोमवार उनी अनुगमनमा निस्किएका थिए । बुटवलकै ज्योतिनगर क्षेत्रका पहिरो पीडितहरुको अवस्था बुझ्न उनी त्यस तर्फ गएका थिए । त्यहाँका एक जनाले मेयरलाई मु क्का दिएका हुन् ।

सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगेका मेयर सुवेदीलाई एक जना युवाले अचानक मु क्का हाने पछि अवस्था विग्रिएको थियो । मेयरसँगै रहेका प्रहरी र नगरप्रहरीले उनलाई जोगाएका थिए ।

पहिरोले विस्थापित भएको लामो समयसम्म पनि कुनै व्यवस्थापनको पहल उपमहानगरपालिकाले नगरेको भन्दै स्थानीय एक युवाले यस्तो गरेका हुन् । पहिरोले सो क्षेत्रका ५० बढी परिवार विस्थापित भएका छन् ।

६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया