अन्तरास्ट्रिय

उत्तर कोरियाली शासक किमले आफ्नै श्रीमतिका लागि पनि बनाएका छन् यस्तो कठोर नियम

एजेन्सी । उत्तर कोरियाका शासक किमजोनलाई विश्व समुदायले निकै कठोर शासकका रुपमा हेर्छन । उनले मुलुकमा नीति नियम कडा बनाएका छन् भने त्यसको कार्यान्वयन पनि निकै कडाइका साथ लागू गरेका छन् । उनका बारेमा आधिकारीक कुरा सार्वजनिक नहुने भएकाले पनि किमका बारेमा बेलाबेलामा अनुमान गरेर समाचार बाहिर आउने गरेका छन् ।

यस अघि अन्तराष्ट्रिय सञ्चार माध्यमले किमलाई निधन भइसकेको भनेर दावी गर्दै समाचार बनाए । सार्वजनिक भएका किमलाई पनि नक्कली हो भन्दै दावी गरिएको थियो । तर अहिले सम्म पनि किमले सत्ता चलाएकै छन् । उनीविश्वमै शक्तिशाली आणविक क्षमता भएका शासक हुन् । उनले अमेरिकालाई समेत चुनौति दिँदै आएका छन् ।

निकै कठोर भनेर चिनिएका किमले आफ्ना देशका जनताका लागि मात्र होइन आफ्नी श्रीमतीका लागि पनि निकै कडा नियमहरु बनाएका छन् ।

अन्तराष्ट्रिय मिडियाले उल्लेख गरे अनुसार किमले आफ्नो श्रीमतिका लागि बनाएका नियम यस्ता छन् ।

१। नेपाल, भारत लगायत विश्वका केही देशहरुमा विवाहपछि महिलाहरुले श्रीमानको थर अपनाउने परम्परा रहेको छ । तर, उनले आफ्नी श्रीमतीको विवाहपछि पूरै नाम नै परिवर्तन गरिदिए । र, उनकी पत्नीको जन्मनाम छोडेर रि सोल जू नाम राखियो ।

२। उत्तर कोरियामा ‘फस्र्ट लेडी’ लाई हरेक समय जनमासमा जाने अधिकार हुँदैन । उनीहरुलाई केवल ‘स्पेशल अपियरेन्स’ मा मात्र देखिने अनुमति हुन्छ ।

३। रि सोल जूलाई उच्च सैनिक सुरक्षाको बीच राखिएको छ । उनको हरेक गतिविधिमाथि निगरानी राखिन्छ । उनलाई कसैसँग पनि कुराकानी गर्ने अधिकार छैन ।

४। प्राय विश्वका देशहरुमा ‘फस्र्ट लेडी’ लाई शोकस्थलमा जाने अनुमति हुँदैन तर रि सोल जूलाई भने शोकस्थलमा जाने अनुमति दिइएको छ ।

५। रि सोल जू आफ्नो इच्छा अनुसार कुनै पनि ठाउँमा जान सक्दिनन् । उनलाई सधैँ किम जोङसँग देखिन्छ ।

६। रि सोल जू तीन बच्चाकी आमा हुन् । तर, यो विषयमा कहिल्यै पनि आधिकारिक पुष्टि भएको छैन । किनकी जूलाई आफ्नो गर्भावस्थाको बारेमा जानकारी गराउँने अनुमति छैन ।

७। किमकी श्रीमतीलाई कुनै पनि सञ्चार माध्यमले कभर गर्न पाउँदैनन् । त्यसैले, जूको बारेमा उत्तर कोरियामा न कुनै समाचार प्रकाशित गरिन्छ न कुनै तस्बिर लिइन्छ ।

८। उत्तर कोरियाका शासक वर्गमा विवाहको तुरुन्तै बच्चा जन्माउने नियम रहेको छ । विरासतलाई अगाडि बढाउन छोरा जन्माउनै पर्ने दबाब पनि हुन्छ ।

९। फस्र्ट लेडी भएकाले जूलाई सधैँ फर्मल स्टाइलमा देखिनुपर्ने हुन्छ । उनी स्कर्ट, टप र कोट लगाउनुपर्छ । उनको स्कर्टले सधैँ घुँडा छोप्नुपर्ने हुन्छ ।

Related Articles

Back to top button
Close