समाचार

खु:शीको खबर : क्यानडाले १२ लाख आप्रवासी भित्र्याउने, नेपालीले यसरी लिन पाउनेछन् पीआर

काठमाडौं । आज पनि धेरै नेपालीहरु विदेशमा रोगजार, अध्ययन वा अन्य कुनै कारणले हराइरहेका छन् । अमेरिका, युरोप र क्यानडाजस्ता देशहरुमा जानका लागि धेरै नै संघर्ष गर्नुपर्छ । कतिपय अवस्थामा अथक प्रयास पनि सफल हुँदैन । यो बीचमा क्यानडाले खुःशीको खबर प्रदान गरेको छ । क्यानडामा आगामी ३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउने तयारीमा रहेको छ ।

शुक्रबार संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्नमा आप्रवासीले ठुलो सहयोग पुर्याउने भन्दै यस्तो योजना सार्वजनिक गरेका हुन् ।

मुलुकलाई ठुलो संख्यामा जनशक्ति आवश्यक पर्ने भन्दै उनले आप्रवासनद्वारा त्यसलाई परिपूर्ति गर्ने योजना रहेको जानकारी दिएका छन् । उनले यसका लागि नेपाल लगायत एसियाका उर्जाशील र मेहनती युवाहरुमा क्यानडा केन्द्रीत हुने बताएका छन् । यसका लागि छिट्टै योजना बनाएर आप्रवासी आवागमनको थालनी गर्ने स्पष्ट पारेका छन् ।

राजधानी ओटावामा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री मेन्डिसिनोले सन् २०२१ मा ४ लाख १ हजार आप्रवासीलाई स्थायी बसोबास (पीआर) अनुमति दिइने स्पष्ट पारेका हुन् । त्यस्तै २०२२ मा थप ४ लाख ११ हजार र २०२३ मा ४ लाख २१ हजार नयाँ आप्रवासीलाई पीआर अनुमति दिने सरकारको तयारी रहेको छ ।

क्यानडालाई थुप्रै कामदारहरू चाहिएको बताउँदै त्यो परिपूर्ति गर्न आप्रवासीको संख्या बढाउन लागेको उनले जानकारी गराए । मन्त्री मेन्डिसिनोले कोरोनाले मुलुकको अर्थतन्त्रलाई निकै क्षति पुगेको भन्दै आप्रवासन महत्वपूर्ण रहेको बताएका छन् ।

उनका अनुसार महामारी पहिले आप्रवासनद्वारा अर्थतन्त्र माथि लैजाने तथा सरकारको लक्ष्य प्राप्तिका लागि आप्रवासन महत्वकांक्षा थियो तर अहिले अपरिहार्य भएको छ । जानकारहरुका अनुसार यसको लाभ नेपालीहरुले पनि ठुलो संख्यामा उठाउन सक्छन् ।

The immigration minister said that Canada needs the historic number of new immigrants to fill a shortage created by the COVID-19 pandemic.
क्यानाडामा नेपाली चाहिँ कति छन् त ?

यसको ठ्याक्कै मिल्दो जवाफ कतै उपलव्ध छैन। सन् २०१६ को सरकारी जनगणनाले क्यानाडामा नेपालीको संख्या १० देखि ५० हजारको वीचमा देखाएको छ। नेपाली राजदूतावास र एनआरएनएले भने क्यानाडामा ५० हजारदेखि एक लाख नेपाली रहेको दावी गर्छन्। अहिले ४ बर्ष वितेको छ । तर ४ बर्षमा संख्या भने ह्वात्तै बढेको आँकलन छ ।

करिव १६ बर्षदेखि क्यानाडा बस्दै आएका गोपीकृष्ण काफ्ले, जो गैरआवासीय नेपाली महासंघ (एनआरएनए) क्यानाडाका पूर्व अध्यक्ष पनि हुन्, उनी भन्छन्, ‘नेपालीको संख्या बढ्नु जति सुखद् कुरा हो, संघ संस्था खुल्नु नि सुखद् तर एउटाले अर्कोलाई स्वीकार्नुपर्छ।’

यहाँ पछिल्लो समय लाख माथी नेपाली रहेको आँकलन छ । १० प्रोभिन्स र तीन टेरिटोरीभित्र छरिएको क्यानेडियन भूमिमा सन् २००९ देखि २०१२ को बीचमा धेरै नेपाली आएको तथ्यांक छ। त्यो समयमा ‘दक्ष कामदार’अन्तर्गत पोइन्ट सिस्टमबाट नेपालबाटै पिआर (स्थायी आवास) आवेदन गरेर परिवारसहित आउनेहरु उल्लेख्य छन्।

त्यस्तै, वर्क पर्मिट लिएर खाडी मुलुकबाट भित्रिने, फेमिली स्पोन्सरमा आएर सेटल हुने, विभिन्न कारण देखाएर शरणार्थी बन्ने र विद्यार्थी भिसामा आएर पढ्दै करिअर बनाउने नेपालीहरु क्यानाडामा भेटिन्छन्। अहिले सबै प्रोभिन्स र टेरिटोरीमा थोरबहुत नेपाली फैलिइसकेका छन्।

क्यानाडामा बस्नलाई नेपालीको पहिलो रोजाई टोरन्टो भएको पाइन्छ। अन्टारियो प्रोभिन्सको राजधानी हो– टोरन्टो। जनसंख्या दृष्टिले टोरन्टो उत्तर अमेरिकाको चौथो ठूलो शहर हो। तालको किनारमा फैलिएको टोरन्टोमा २८ लाख मानिस बस्छन्।

‘क्यानाडामा १४ वर्षयता नेपालीहरु थपिनेक्रम बढेको छ’ सन् २००२ देखि सपरिवार टोरन्टो नै बस्दै आएका नेपाली समुदायका अगुवा गोविन्दसिंह रावत भन्छन्, ‘संख्या बढ्ने क्रमसँगै नेपाली संघ, संस्था खुल्ने र कार्यक्रम गर्ने परिपाटी पनि बढेको छ।’

६ बर्षअघि एनआरएनए क्यानाडाका पूर्वअध्यक्ष तुलसी सापकोटाले एउटा अन्र्तवार्तामा अल्बर्टाको एडमण्टन, क्याल्गेरीदेखि ब्रिटिश कोलम्बियाको भ्यान्कोभरहुँदै ओटवा, नुनावुत, क्युवेकसम्मै नेपाली फैलिएको बताएका थिए।

अहिले अवसरको खोजीमा क्यानाडा आउने कतिपय नेपालीको रोजाई मानिटोवा, सास्काचुनदेखि प्रिन्स एड्वार्ड आइस्ल्याण्डसम्मै पुगेको छ। पहिले आएर टोरन्टोसहित ठूला शहर बसेका कतिपय भने अध्ययनपश्चात क्षमता निखारेर साना शहर छिरेर नोकरी गर्दैछन्।

‘अध्ययनलाई प्राथमिकता दिँदै मेहेनत गर्नेले अवसर पाइरहेकै छन्। सरकारी नोकरीमा दर्जनौं छन्। घरजग्गा र इन्स्योरेन्स कारोवारमा आकर्षण बढ्दो छ’ सापकोटाले भनेका थिए, ‘कतिपयले रेष्टुरेन्ट खोलेका छन्। नेपालीहरु मजदुरदेखि म्यानेजरसम्मै भएको देखेको छु।’

यस्तै, ड्राइभिङ सिकेर ट्रक चलाउने पनि छन्। राम्रो आम्दानी हुनाले क्यानाडाका सडकमा केही नेपालीहरु ट्रक ड्राइभिङ गर्छन्। उनीहरु अमेरिकासम्मै ट्रक चलाएर मालसामान ओसारपसार गर्छन्। सौन्दर्य कला पढेर पार्लर खोल्ने महिला पनि छन्। अर्काको स्टोरमा काम गर्नेहरु धेरै छन्।

एनआरएनकर्मीहरु नेपालीको संख्या बढ्नुलाई खुसी मान्छन्। तर, संख्या बढेसँगै ‘जुँगाको लँडाईँका लागि’ संघ संस्था खोल्ने र ‘नेपाली पहिचान जोगाउने’ नाममा हचुवा तालका कार्यक्रम हुने बताउँछन्।

‘आफ्नो समुदाय जति बलियो भयो, प्रवासमा उति नै फाइदा हुने हो’ क्यानाडालाई डेढ दशकदेखि नियाल्दै आएका रावत भन्छन्, ‘तर, हामी नेपाली पहिचान जोगााउने नाममा अर्को व्यक्ति–संस्था नगन्ने, आफैंलाई ठालू ठान्ने र देखावटी पो हुँदैछौं कि ।’

क्यानाडामा संख्या बढेसँगै यहाँका राजनीतिक पार्टी र सरोकारवालाले नेपाली समुदायलाई सम्बोधन गर्नेक्रम सुरु भएको छ, जुन खुसीको कुरा हो। केही समयअघि अमेरिकामा क्यानाडाका प्रधानमन्त्री जष्टिन ट्रुडो र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीवीचको भेटले आपसी सम्बन्ध थप फराकिलो पार्न बाटो खुलेको छ।

नेपाली नयाँ वर्षमा क्यानेडियन प्रधानमन्त्री ट्रुर्डोले केही बर्षदेखि शुभकामना बक्तव्य दिन थालेका छन् भने टोरन्टोस्थित मिसिसागा र ब्राम्प्टनका सांसद र नेताले नेपाली समुदायका माग– मुद्दालाई सम्बोधन गर्न चासो दिएको एनआरएनएकर्मीहरु बताउँछन्। क्यानाडामा ‘अनभिजिवल माइनर कम्युनिटी’का रुपमा रहँदै आएको नेपाली समुदाय आफूमा एकजुट भए अवसर प्राप्तिदेखि भावी पुस्तालाई धेरै क्षेत्रमा सहयोग पुग्न सक्छ।

त्यसनिम्ति ‘जुँगाको लँडाईं’ रोकेर नयाँ संघ संस्था खोल्नुभन्दा पहिले खोलिएका संघ संस्थालाई चुस्त दुरुस्त बनाई ठोस मुद्दामा कार्यक्रम गर्दै क्यानेडियन सरोकारवालाई प्रभावित पार्नुपर्ने देखिन्छ। ‘टोरन्टोमा नेपाली समुदायलाई सामुदायिक भवन, वेलकम सेन्टर, पुस्तकालय जस्ता कुराको खाँचो छ’ अबका प्राथमिकताबारे रावत भन्छन्, ‘मन्दिर बनायौं, पर्वहरु मनाइरहेकै छौं, अब अरु काममा सामूहिक प्रयास हुनुपर्छ।’

संख्या बढेसँगै क्यानाडामा हरेक सप्ताहन्तमा नेपालीका कार्यक्रम भइरहने समय व्यवस्थापन गर्न समस्या हुने क्यानाडाका लागि तत्कालिन नेपाली राजदूत कालीप्रसाद पोखरेल बताउँछन्। टोरन्टोमा धेरै र अरु प्रोभिन्समा पनि कार्यक्रम आयोजना गर्नेक्रम बढ्दो छ।

‘यहाँकाबाट नेपाललाई के के क्षेत्रमा सहयोग गर्न सकिन्छ, त्यसबारेमा सोचेर सरकारी स्तरमा समन्वय गराउन हाम्रो प्रयास हुनुपर्छ’ पूर्व राजदूत पोखरेल भन्छन्, ‘अरु संघ संस्थाले पनि मुद्दाहरु सामूहिक रुपमा उठाएर आपसमा अघि बढ्दा उपलव्धि हासिल हुन्छ।’ News Source

Related Articles

Back to top button
Close