समाचार

काठमाडौँमा यसरि भयो २४ वर्षीय आशिष मगरको मृत्यु

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छु-रा प्र ‘हारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासि छु रा प्र हार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता कुबेर कडायतले महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले अभियुक्तको खोजी गर्नाका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

त्यस्तै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आलमपुरस्थित सडकमा बा.६० प २६०२ नम्बरको मोटरसाइकल आज बिहानै अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खस्दा चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रेमबहादुर सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close