रोचक

समुन्द्र भित्र भव्य मण्डप नै बनाएर निखिल र युनिकाले गरे धुमधामले विबाह, तस्विर भाइरल

काठमाडौँ । पछिल्ला दिनमा समुन्द्र भित्र गरिएको एउटा विबाहले ब्यापक चर्चा पाएको छ । भारतको केरलाका एक जोडीले समुन्द्रको गहिराईमा विवाह गरेसँगै उनीहरु अहिले विश्वभर भाइरल बनिरहेका छन् ।

समुन्द्र भित्र विबाह गर्नै जोडी हो निखिल पवार र युनिका पोर्गन । केरलाको कोवलमको ग्रोवबीचमा अरेबियन सागरमा निखिल पवार र युनिकाले गरेको विबाहले सबैलाई आश्चर्यमा पारेका हुन् । महाराष्ट्रका यि जोडीले अनौठो तरिकाले विवाह गर्ने सपना देखेको र यसलाई प्रमाणित गर्न यस्तो आश्चर्य लाग्दो तरिका अपनाएको प्रतिक्रिया दिएका छन् ।

समुन्द्र भित्रपनि सेतो रङ्गको कपडामा युनिका र दुलाहा निखिल नीलो रंगको कपडामा सजिएका तस्विरहरु अहिले भाइरल बनिरहेका छन् । भारतमा यस्तो तरिकाले गरेको पहिलो विवाह हो । जहाँ समुन्द्र भित्र ४ मीटर तल मन्डप समेत बनाइएको थियो । दुवैले एक अर्कालाई औंठी लगाइदिएर माला लगाइदिएको दृश्यले अहिले चर्चा पाइरहेको छ ।

Related Articles

Back to top button
Close