पूर्वराजा ज्ञानेन्द्र सही छन्, अब जनवि’द्रोह गरेर यो गणतन्त्र नै ब’ढार्नुपर्छ (भिडियो)
काठमाडौ। विदेशबाट नेपाल आउने हरेक उच्चस्तरीय व्यक्तिसँगको भेटघाटपूर्व परराष्ट्र मन्त्रालयलाई जानकारी गराएर उनीहरूको प्रतिनिधिसहित छलफल गर्नुपर्ने विषयलाई शीर्षस्थ नेताहरुले नै उल्लंघन गर्न थालेका छन्।
विदेशका प्रतिनिधिसँग गोप्य छलफल गरेर वास्तविकता आउने भएपछि सचिवालयबाटै खण्डन गरी नेताहरु आफू बच्ने रणनीतिमा लागेका हुन् । विभिन्न समयमा शासनको बागडोर सम्हालिसकेकाहरूबाट कुटनीतिक मर्यादा उल्लंघन हुन थालेपछि नागरिकमा निराशा बढेको छ। विदेशबाट आउने उच्च तहका व्यक्तिलाई भेट्नुपूर्व नेताहरूले परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने नियम छ।
त्यसपछि परराष्ट्रको प्रतिनिधि राखेर छलफल गरी के–के बुँदामा कुराकानी भयो भन्ने सावर्जनिक गर्नुपर्ने हुन्छ । तर सरोकारवाला निकायलाई जानकारी नै नदिई शीर्षस्थ नेताहरु आफूखुसी विदेशी भीआईपीहरुसँग भेटवार्ता गरिरहेका छन्। पूर्वप्रधानमन्त्रीदेखि दलका शीर्ष नेतासमेत यसको होडबाजीमा उत्रिएका छन् । विज्ञहरू यसलाई कुटनीतिक मर्यादा उल्लंघनको पराकाष्ठा मान्छन्।
यसै सन्दर्भम योहो टेलिभिजनको विशेष सन्दर्भमा वरिष्ठ अधिवक्ता एकराज भण्डारीसँग गरिएको कुराकानी। थप जानकारीका लागि पूरा अन्तर्वार्ता हेर्नुहोस्।