समाचार

आज एकाएक घट्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ । सुनचाँदीको भाउ आज घटेको छ। दशैँपछि बजार खुलेको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको हो।

सुनको भाउ आज तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गएको ६ गते सुनको भाउ तोलाको ९५ हजार ७ सय रुपैयाँ थियो। यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ।

Related Articles

Back to top button
Close