समाचार

बारामा गोली चल्यो, प्रहरीको गोली लागेर १ जना गम्भिर

काठमाडौं, कार्तिक १३ । बारामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । घटना बुधबारको हो ।

सुवर्ण गाउँपालिकास्थित कबही गोठब तस्करीको सामान नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।

स्थानीयले प्रहरीलाई अटेरी गर्दै ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलायो । प्रहरीको गोली लागेर १ जना घाइते भएका छन् । उनको गम्भिर अवस्थामा उपचार भइरहेको छ भने एक जना प्रहरी पनि घाइते छन् । थप विबरण आउन बाँकी छ ।

Related Articles

Back to top button
Close