समाचार

स्वास्थ्यविद्ले दिए चेतावनी, ‘दशैंपछि यसकारण थप भयावह हुन्छ कोरोना’

काठमाडौं । स्वास्थ्य विज्ञहरुले दशैंमा सामाजिक दुरी र स्वास्थ्य सजगता नअपनाएका कारण अब कोरोना संक्रमितको संख्या बढ्ने आँकलन गरेका छन् । आज विजयादशमीको तेस्रो दिन । आफन्त र नातागोताकहाँ दशैंको टीका थाप्ने क्रम अहिले पनि जारी छ । आज (बुधबार) देखि बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय खुले पनि टीकाको रमझम रोकिएको छैन । जसका कारण नेपाली जनता अझै फेस्टिभ मुडमै छन् ।

दशैं सुरु भए यता वजारमा चहल पहल बढेको छ भने टिका र आशिर्वाद थाप्न आफन्तकोमा जानेहरुको पनि लस्कर रोकिएको छैन । जसका कारण कोरोनाको जोखिम बढेको स्वास्थ्यविद्को भनाई छ । दशैंलाई मध्यनगर गरेर स्वास्थ्य मन्त्रालयले रोकेको प्रत्यक्ष मिडिया व्रिफिगं कार्यक्रम भने आजवाट सुरुचारु हुने बताइएको छ । सावधानी र सुरक्षा सतर्कता नअपनाउँदा अबको तीन चार दिनमा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न सक्ने स्वास्थ्य विज्ञहरूले बताउन थालेका छन् ।

यसपटक धेरै मानिस आ–आफ्नो घरपरिवारबाहेक अन्यत्र दशैंको टीका लगाउन नगए पनि सामाजिक दूरी भने फिटिक्कै कायम गरेको देखिएन । आफ्नो परिवार र आफन्तलाई कोरोना भाइरसले सं’क्र’मण नगरेको ठम्याइँ धेरैमा देखिएको पाइयो । जसले गर्दा दशैं सकिएलगत्तै कोरोना संक्रमित हुनेको दर बढ्नसक्छ भन्ने विज्ञहरुको सुझावको मनन गर्नु आवश्यक छ । एक त जाडो मौसम अर्को दशैंमा सामाजिक दूरी पालना गर्न नसक्दाको परिणाम भयावह हुन सक्ने बताइन्छ ।

पछिल्लो समय नेपालमा दैनिक चार हजारभन्दा माथि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निधन हुनेको दर पनि बढिरहेको छ । तर त्यस अनुपातमा निको हुने दर नबढेकाले नेपाल अहिले सबैभन्दा धेरै कोरोना भाइरस प्रभावित देशको सूचीको ३४ नम्बरमा आइपुगेको छ । नेपालमा जाडोयाम सुरु भएको र यही बेला दशैं, तिहार र छठ पर्व पर्ने भएकाले नेपालबाट अझै दुई चार महिना कोरोना भाइरस हट्ने स्थिति देखिन्न ।

Related Articles

Back to top button
Close